• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

गाडि दुर्घटनामा परिन् रचना रिमाल



काठमाडौँ । गायिका रचना रिमाल चढेको गाडी दुर्घटनामा परेको छ ।

आइतबार अपराह्न पौने ५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ गइरहेको ट्रकले उनी चढेको गाडीलाई ठक्कर दिएको थियो ।

नेपालगञ्जबाट दाङ लमहीको महोत्सवमा जाँदै गर्दा बाँकेको सिक्टानजिकै बाप्र ०३.०१ ख र २११८ को नम्बरको ट्रकले गायिका रिमाल सवार ना१६च ८३४३ नम्बरको स्कार्पियोलाई ठक्कर दिएको हो ।

गायिका रिमाल सकुशल छिन् । उनीसँगै गाडीमा तीनजना सवार थिए । उनीहरु पनि सकुशल रहेको रचनाले जानकारी दिइन् । लमहि महोत्सवमा हुने भनिएको उनको साङ्गितिक प्रस्तुति भोलि हुने पनि उनले बताइन् ।