२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगर शिक्षा शाखा प्रमुख कोइरालालाई बालेनले सोधे स्पष्टीकरण



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शिक्षा शाखा प्रमुख सिताराम कोइरालालाई स्पष्टीकरण सोधेको छ । मेयर नै संयोजक रहने समितिले नगरेको निर्णयलाई ‘निर्णय भएको’ भनेर पत्र लेखेको पाइएपछि काठमाडौँका मेयर बालेन शाहले उनलाई स्पष्टीकरण सोधेका हुन् ।

यस्तै, उनलाई सात दिनभित्र आफ्नो सफाइ पेश गर्ने मौका दिइएको छ । गत शुक्रवारदेखि लागू हुने गरी सात दिने सफाइ पेश गर्न भनिएको छ ।

कोइरालाले महानगरको नगर शिक्षा समितिको निर्णय भन्दै बानेश्वरमा रहेको रत्नराज्य स्कुललाई प्लस टु चलाउने अनुमति दिएका थिए । यो विषयमा शिक्षा समितिले निर्णय नै नगरेको तर, शिक्षा शाखा प्रमुखले कक्षा सञ्चालनको अनुमति दिएको भन्दै उजुरी परेको थियो ।

कोइरालाले अनुमति दिएपछि रत्नराज्यले प्लस टु मा २२ जना विद्यार्थी भर्ना गरेर अध्यापन गराउन थालेको पाइएको छ ।