२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नितेश तिवारीको फिल्म ‘रामायण’मा सनी देओल हनुमानको भूमिकामा देखिने



अ+ अ-

एजेन्सी । नितेश तिवारी चाँडै नै आफ्नो अर्को बिग बजेट प्रोजेक्ट ‘रामायण’ को छायांकन सुरु गर्दैछन् । पछिल्ला केही महिनामा रणवीर कपुर र साई पल्लवी अभिनित यस फिल्मको कास्टिङसँग सम्बन्धित धेरै समाचार बाहिर आएका छन् ।

अब एक रिपोर्टलाई विश्वास गर्ने हो भने, यो फिल्ममा हनुमानको भूमिकाका लागि सनी देओललाई अप्रोच गरिएको छ ।

फिल्मसँग सम्बन्धित स्रोतको विश्वास गर्ने हो भने सनी नितिशको यो फिल्ममा सहमत भए । उनी हनुमानको भूमिका निभाउन निकै उत्साहित छन् । सन् २०२४ को मे बाट सनीले यस फिल्मको पहिलो भागको सुटिङ सुरु गर्ने चर्चा छ । फिल्मको पहिलो भागमा सनीले अतिथि भूमिकामा मात्रै देखिने भएपनि दोस्रो र तेस्रो भागमा उनको पूर्ण उपस्थिति रहनेछ ।

यसअघि विभिषणको भूमिकाका लागि साउथका सुपरस्टार विजय सेतुपतिसँग निर्माताले छलफल गरिरहेको सुनिएको थियो । फिल्ममा कैकेयीको भूमिकामा लारा दत्तलाई छनोट गरिएको छ । यो फिल्ममा सनीका भाइ बबी देओल कुम्भकरणको भूमिकामा देखिने चर्चा पनि थियो । तर, पछि बबीको टोलीले यसलाई अफवाह नै भने ।

नितिशले मार्च २०२४ सम्ममा रणवीर र साईसँग यस फिल्मको पहिलो भागको सुटिङ सुरु गर्ने अपेक्षा गरिएको छ । फिल्ममा रावणको भूमिका निर्वाह गर्ने यश जुलाई २०२४ मा छायांकनमा जाँदैछन् । निर्माताहरूले यसको पहिलो भाग सन् २०२५ को दोस्रो भागमा रिलिज गर्ने योजना बनाएका छन् ।