• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

प्रतिकुल मौसमका कारण नेपालगञ्ज विमानस्थल दुई दिनदेखि अवरुद्ध



file photo

नेपालगञ्ज । प्रतिकुल मौसमका कारण नेपालगञ्ज विमानस्थल २ दिनदेखि अवरुद्ध भएको छ । बाक्लो हुस्सुका कारण शनिबार बिहानदेखि विमानस्थलबाट काठमाडौं, पोखरा तथा हिमाली तथा पहाडी जिल्लाहरूमा हुने उडान अवरुद्ध भएको हो ।

भिजिबिलिटी कम भएपछि उडान रोकिएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ । दुई दिनदेखि उडान अवरुद्ध भएपछि करिब एक हजार यात्रु नेपालगञ्जमा अड्किएका छन् ।

नेपालगञ्ज विमानस्थलबाट पहाडी जिल्ला सिमीकोट, हुम्ला, बाजुरा र रारा जाने समिट र तारा एयरलाइन्सको छ जहाजले उडान भर्दै आएको छ । यस्तै काठमाडौँ जाने श्री एयरलाइन्सको दुई, यती एयरलाइन्सको एक र बुद्ध एयरलाइन्सको तीन विमानको उडान हुँदै आएको छ । यसबाहेक श्रीएयरलाइन्सको माण्उटेन फ्लाइट पनि रोकिएको छ ।