२३ जेष्ठ २०८३, शनिबार
,
Latest
इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिकुल मौसमका कारण नेपालगञ्ज विमानस्थल दुई दिनदेखि अवरुद्ध



file photo
अ+ अ-

नेपालगञ्ज । प्रतिकुल मौसमका कारण नेपालगञ्ज विमानस्थल २ दिनदेखि अवरुद्ध भएको छ । बाक्लो हुस्सुका कारण शनिबार बिहानदेखि विमानस्थलबाट काठमाडौं, पोखरा तथा हिमाली तथा पहाडी जिल्लाहरूमा हुने उडान अवरुद्ध भएको हो ।

भिजिबिलिटी कम भएपछि उडान रोकिएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ । दुई दिनदेखि उडान अवरुद्ध भएपछि करिब एक हजार यात्रु नेपालगञ्जमा अड्किएका छन् ।

नेपालगञ्ज विमानस्थलबाट पहाडी जिल्ला सिमीकोट, हुम्ला, बाजुरा र रारा जाने समिट र तारा एयरलाइन्सको छ जहाजले उडान भर्दै आएको छ । यस्तै काठमाडौँ जाने श्री एयरलाइन्सको दुई, यती एयरलाइन्सको एक र बुद्ध एयरलाइन्सको तीन विमानको उडान हुँदै आएको छ । यसबाहेक श्रीएयरलाइन्सको माण्उटेन फ्लाइट पनि रोकिएको छ ।