२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१०४ वर्षकी वृद्धाले कोभिड-१९ बिरुद्धको खोप लगाएपछि सुनाए रोचक तथ्यहरु



अ+ अ-

काठमाडौं । दोस्रो चरणको खोप अभियान अन्तर्गत काठमाडौंको चावहिलस्थित ॐ अस्पताल खोप केन्द्रमा आज मंगलबार पनि जेष्ठ नागरिकहरुको उत्साहजनक सहभागिता रहेको छ ।

अस्पताल खोप केन्द्रमा आज विहान ११ बजे काठमाडौं महानगरपालीका वडा नं.७ कुमारीगालकी स्थानीय वासिन्दा रहनुभएकी १०४ वर्षिय जेष्ट नागरिक मनरुपा चौलागाईले कोभिड १९ बिरुद्धको खोप लगाउनु भयो । उहाँ छोरा बुहारीका साथमा ॐ अस्पतालस्थित खोपकेन्द्र आउनुभएकी जेष्ठ नागरिक मनरुपाले कुराकानीका क्रममा १९९० सालको भुँइचालो जाँदा १४ वर्षकी किशोरी रहेको बताउदै त्यसताकाको राणा कालिन समय र पञ्चायतकालिन समयको नेपाली जनजिवन बारे रोचक तथ्यहरु सुनाउनुभयो ।

विहान सबैर उठ्ने र नुहाई धुवाइ गरेर पूजा पाठ भजन किर्तन गर्ने मनरुपा अहिले पनि चारतल्ले घरमा आफै उक्लन र ओर्लन सक्नुहुन्छ । खानाका साकहारी सबै खानेकुरा मनपर्ने र नमीठो लाग्ने कुनैपनि खानेकुरा नरहेको तर दहिदुध र फलफुल औधि मनपर्ने बताउनुहुन्छ । थोरै थोरै तर पटक पटक खाइरहने र प्रशस्त पानी पिउने उहाँकी बानी रहेको छ ।

१० सन्तानकी आमा मनरुपालाई कोरोना महामारीका बारेमा पनि राम्रो जानकारी रहेछ । सधैं मास्क लगाएर हिड्ने गरेको र बेलाबेलामा राम्रोसँग हात धुने गरेको बताउँदै उहाँले बुढाबुढीलाई धेरै अफ्ठ्यारो पार्ने कोरोना रोक्ने खोप लगाउन आएको हामीलाई बताउनुभयो ।

काठमाडौं महानगरपालिका वडा नं ७ का वडाध्यक्ष शुद्ध कुमार डंगोलले वडाबासीहरु मध्येकी सबैभन्दा जेष्ठ नागरिक मनरुपालाई भेटेर उहाँलाई स्वागत गर्दै सुस्वास्थ्यको शुभकामना दिनुभयो ।

ॐ अस्पतालस्थित कोभिड बिरुद्धको खोप केन्द्रमा आवश्यक पूर्वाधारसँगै परामशर्ष तथा चिकित्साकर्मीहरुको पर्याप्तताले खोप कार्यक्रम व्यवस्थित रुपमा संचालन भएकोले सहज रुपमा खोप लिन सकिने ब्यवस्था मिलाइएकाले जेष्ट नागरिकहरु अत्यन्त खुशी रहेको र तुलनात्मक रुपमा बढी सहभागिता रहेको अध्यक्ष डंगोलले बताउनुभयो ।

ॐ अस्पतालका मेडिकल डाइरेक्टर डा. हरिश जोशीले कोभिड १९ बिरुद्धको विश्वव्यापि लडाई र राष्ट्रिय खोप कार्यक्रममा नेपाल सरकार र ॐ अस्पतालको सहकार्यलाई स्वीकार गरी अत्यन्त उत्साहपूर्वक सहभागि हुनुभएकोमा सम्पूर्ण जेष्ठ नागरिकहरुप्रति आभार ब्यक्त गर्नुभएको छ ।

रजिष्ट्रेशन डेस्क देखी परामर्श डेस्क र खोप लगाउने कक्ष तथा अब्जरभेसन कक्ष अत्यन्त बैज्ञानिक ढंगबाट मिलाइएकाले ॐ अस्पतालस्थित खोप केन्द्रमा कम समयमा खोप लगाउन सकिने भएकाले विना शंकोच निर्धक्क भएर खोप लगाउन जेष्ठ नागरिकलाई डा. जोशीको आग्रह छ ।

ॐ अस्पताल खोप केन्द्रमा आइतबार अपरान्ह सम्म १५ सय जना भन्दा बढी ५६ बर्ष माथिका जेष्ठ नागरिकहरुले कोभिड १९ विरुद्धको खोप लगाइसक्नुभएको अस्पतालले जनाएको छ ।

निजी क्षेत्रवाट संचालित स्वास्थ्य सेवा प्रदायकहरुमध्येको अग्रणि अस्पताल ॐ अस्पतालले ७० बर्ष माथिका सम्पूर्ण जेष्ठ नागरिकहरुको सम्मानमा उहाँहरुको उपचार शुल्कमा १० प्रतिशत छुट समेत प्रदान गर्दै आइरहेको छ ।

साथमा नेपाल सरकारसँगको सहकार्यमा क्यान्सरका बिरामीकहरुको विशेष सहुलियत र सरकारी सुविधा सहितको उपचारकक्षको ब्यवस्था गरेको छ । त्यसैगरी, मृगौलामा समस्या भएका बिरामीहरुकालागि निःशुल्क डायलाईसिस सेवा समेत प्रदान गर्दै आइरहेको छ ।