२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा



file photo
अ+ अ-

काठमाडौँ । नेपाल आइसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्समा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको हो ।

१४६ रनको लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा ९ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । नेपालका लागि कप्तान देव खनालले अर्धशतकीय इनिङ्स खेले । उनले ८९ बलमा ५८ रन बनाए । यस्तै, दिपक बोहराले ४२ बलमा २७ रन जोडे । आकाश त्रिपाठीले १६, अर्जुन कुमालले १० रन बनाए । यस्तै, सुवाश भण्डारी ९ रनमा अविजित रहे ।

त्यसअघि दक्षिण अफ्रिकामा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरको खेलमा ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १४५ रन बनायो ।

अफगानिस्तानका लागि अल्लाह मोहम्मद घनजानफरले सर्वाधिक ३७ रनको योगदान दिए । उनले २१ बल खेल्ने क्रममा चार चौका र तीन छक्का हिर्काए । त्यस्तै नासिर खानले ८३ बलको सामना गर्दै तीन चौकाको मघतमा ३१ रन बनाए । फरिदुन दवुदजैले २९ तथा हसन इसाखिलले २० रन बनाए ।

बलिङतर्फ नेपालका आकाश चन्द एक्लैले पाँच विकेट लिए । यस्तै दिपेश कँडेलले दुई तथा गुल्सन झा, सुवास भण्डारी र तिलक भण्डारीले एक एक विकेट लिए ।