२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेताहरुको अवसरवादी चरित्र र खराबिको कारण ५० प्रतिशत जनमत भएको ठाउँमा ५ प्रतिशत मात्रै मत आयो’



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजा र हिन्दुराष्ट्रको एजेण्डा लिएर जाँदा देशमा न्युनतम ३० प्रतिशतदेखि अधिकतम ५० प्रतिशत जनमत आउने बताउनु भएको छ ।

शुक्रवार राष्ट्रिय प्रजातन्त्र पार्टी आन्दोलन परिचालन समितिले गरेको वृहत आन्दोलन पूर्वतयारी छलफलमा बोल्दै उहाँले नेताहरुको अवसरवादी चरित्र र खराबिको कारण ५० प्रतिशत जनमत भएको ठाउँमा ५ प्रतिशत मात्रै मत आएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अहिले राजा, हिन्दुराष्ट्रको एजेण्डामा जाने हो भने न्युनतम ३० देखि अधिकतम ४५ देखि ५० प्रतिशत जनमत हाम्रो पक्षमा छ । तर भोट हाम्रो ५ प्रतिशत किन आउँछ ? किनभने पार्टी भित्रका हामी नेताहरुले कहीँ न कहीँ खराबी गरेका छौँ । कहीँ न कहीँ अवसरवादी चरित्र देखाएका छौँ । त्यो भएर हामीले सोचे बराबर भोट ल्याउन सकेका छैनौँ भन्ने कुरा नेताले, कार्यकर्ता र स्थानीय तहको नेतृत्वले बुझ्नुप¥यो ।’

उहाँले पार्टीले सबै नेता, कार्यकर्ताहरुको कुरा सुन्नुपर्ने बताउनु भयो । उहाँले आम निर्वाचनमा उम्मेदवार भएका सबै नेता, कार्यकर्ताहरुलाई संगठित र एकीकृत गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।