७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्षीको रणनीति : संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेल गर्ने



अ+ अ-

काठमाडौं । हिउँदे अधिवेशन सुरु भएपछिको पहिलो बैठक नै अवरुद्ध भएपछि सूचना टाँसेर रोकिएको प्रतिनिधिसभाको बैठक बुधबार कसरी सञ्चालन हुन्छ भन्ने यकिन भएको छैन । संसद् सचिवालयले बुधबारका लागि सोमबारकै कार्यसूची सार्वजनिक गरेको छ । कार्यव्यवस्था समितिको बैठक बस्ने नबस्ने विषयमा संसद् सचिवालयमा छलफल भएको छैन ।

पहिलो दिनको कार्यसूचीमा रहेकामध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेश टेबुल भइसकेको र प्रतिपक्षी दलहरूले सचिवालयमा विरोधको सूचना दर्ता गरेको हुनाले बैठक सहज रूपमा सञ्चालन हुने अनुमान सचिवालयले गरेको छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने सूचना दिन्छ वा अविश्वास प्रस्ताव राख्छ भन्ने जिज्ञासा देखिएको छ । यस विषयमा दलहरूबीच छलफल चलिरहेको छ ।

प्रतिनिधिसभाका प्रतिपक्षी दलहरूले सरकारले तीन महिनाअघि जारी गरेको संवैधानिक परिषद्को कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी अध्यादेश पारित हुन नदिने रणनीति बनाएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलहरूले सरकारले सोमबार प्रतिनिधिसभामा पेस गरेको उक्त अध्यादेश संविधानविरुद्ध रहेको भन्दै मंगलबार संसद् सचिवालयमा विरोधको सूचना दर्ता गराएका छन् ।

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतम, माओवादी केन्द्रका यशोदा सुवेदी, टेकबहादुर बस्नेत, दुर्गाकुमारी विक, सन्तकुमार थारू तथा जनता समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण र मोहम्मद इस्तियाक राईले अध्यादेश खारेज हुनुपर्ने मागसहितको सूचना दर्ता गराएका हुन् । उनीहरूले सूचनामा अध्यादेश संविधानसँग बाझिएको उल्लेख गरेका छन् । अध्यादेशको विरोधमा कांग्रेससहितका प्रतिपक्षी दलले प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठक अवरुद्ध गरेका थिए । कान्तिपुर दैनिकमा समाचार छ ।