२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिमा योगराज उपाध्याय र नुतन थपलियाको योगदान महत्वपूर्ण छ: देउवा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले योगराज उपाध्याय र नुतन थपलियाले काँग्रेस र देश निर्माणमा दिएको योगदानबारे काँग्रेसले नेपालीहरुमा बुझाउन सक्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार पार्टी स्थापनाको ७८ औं वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले थपलिया र उपाध्यायले नेपालको राजनीतिमा ठूलो योगदान दिनुभएको बताउनु भयो । उहाँले द्वय नेताहरुले दिनुभएको योगदानबारे सबै नेपालीहरुलाई बुझाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘योगराज उपाध्याय र नुतन थपलिया यी महान व्यक्तिहरु जो आज हामीले सम्मान गर्न पायौँ, उहाँहरुले धेरै ठूलो योगदान गर्नुभएको छ, नेपालका लागि । उहाँहरुका बारेमा हामी कितावहरु निकालेर भएपनि, लेखेर भएपनि हामीले सबैलाई बाँड्नुपर्छ । उहाँहरुले दिएको योगदानलाई सबै नेपालीहरुलाई यो कुरा बुझाउनुपर्छ । उहाँहरुको योगदानको जतिसुकै प्रशंसा गरेपनि कम हुन्छ । उहाँहरुलाई हामीले सधैँ सम्मान गर्नुपर्छ ।’

पार्टीको ७८ औं स्थापना दिवसको अवसरमा काँग्रेसले उपाध्याय र थपलियालाई सम्मान गरेको हो । २००३ माघ १२ मा भएको अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशनमा उपाध्याय सहभागी हुनुभएको थियो । नेपाल विद्यार्थी संघ हुनुअघि गठन भएको छात्रसंघ गठनका लागि उपाध्यायले अगुवाई गर्नुभएको थियो । बिपी कोईरालालाई २०१७ सालमा तत्कालीन सरकारले अपदस्थ गर्दा उपाध्याय १७ वर्ष निर्वासन जानुभएको थियो । थपलिया भने नागरिक स्वतन्त्रताका लागि २००३ सालदेखि सक्रिय भएर लाग्नुभएको थियो । शहीद शुक्रराज शास्त्रीसँग शिक्षा लिनुभएका थपलिया २००७ को क्रान्तिको एक अभियानकर्ता समेत हुनुहुन्छ ।