• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

कमिन्स ‘आईसीसी पुरुष क्रिकेटर अफ दि इयर’ घोषित



काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जनवरी २५ (बिहीबार) आईसीसी ‘पुरुष क्रिकेटर अफ दि इयर’को घोषणा गरेको छ ।

अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले विराट कोहली, रविन्द्र जडेजा र ट्राभिस हेडलाई पछि पार्दै सर गारफिल्ड सोबर्स ट्रफी कब्जा गरे ।

अस्ट्रेलियाले सन् २०२३ मा प्याट कमिन्सको नेतृत्वमा दुईवटा आईसीसी प्रतियोगिता जितेको छ । विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जितेको अष्ट्रेलियाले त्यसपछि एकदिवसीय विश्वकपमा भारतलाई नै पराजित गर्दै छैटौं पटक विश्व च्याम्पियन बन्यो ।

कमिन्सले आफ्ना देशका ट्राभिस हेड र भारतीय जोडी विराट कोहली र रविन्द्र जडेजालाई पछाडि पार्दै यो उपाधि जितेका हुन् । कमिन्सले सन् २०२३ मा २४ खेलमा ४२२ रन र ५९ विकेट लिएका छन् । कमिन्सको नेतृत्वमा अस्ट्रेलियाले एशेज शृंखलालाई सफलतापूर्वक रक्षा गरेको थियो ।

एक खेलाडीको रूपमा, कमिन्सले टेस्ट खेलहरूमा अलराउन्ड प्रदर्शन गरे । उनले अस्ट्रेलियाका लागि फास्ट बलिङ आक्रमणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

एकदिवसीय खेलमा उनले तल्लो क्रममा धेरै महत्वपूर्ण इनिङ खेले । उनले भारतविरुद्धको फाइनल खेलमा ट्राभिस हेडसँगै टोलीलाई सम्हालेका थिए ।