• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

भारतले ७५ औँ गणतन्त्र दिवस मनाउँदै



काठमाडौँ । भारतले ७५ औँ गणतन्त्र दिवस मनाउँदै छ । ‘विकसित भारत’ र ‘भारत–लोकतन्त्रको मातृका’ भन्ने नारासहित शुक्रबार गणतन्त्र दिवस धूमधामका साथ मनाइँदै छ ।

गणतन्त्र दिवसको अवसरमा भारतले प्रमुख अतिथिका रुपमा फ्रान्सका राष्ट्रपति इम्यानुएल मैक्रोलाई आमन्त्रित गरेको छ । बिहान साढे १० बजेदेखि परेडको तयारी छ भने राष्ट्रपति मैक्रोको आतिथ्ययतालाई ध्यानमा राखेर दिल्लीको सुरक्षा व्यवस्थालाई कडा बनाएको छ ।

सन् १९५० जनवरी २६ मा भारत गणतन्त्र घोषित भएको थियो । भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगस्ट १५ मा स्वतन्त्र भएको थियो । तर १९५० जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको थियो । त्यसयता भारतले हरेक वर्ष जनवरी २६ मा गणतन्त्र दिवस मनाउँदै आएको छ ।

संविधानले भारतीय नागरिकलाई आफ्नो देशको सरकार आफैँ चुन्न सक्नेलगायतका लोकतान्त्रिक व्यवस्था स्थापना गरेको छ ।