• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo

चिनियाँ उपमन्त्री हेयान आज नेपाल आउँदै,



काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल आज नेपाल आउँदैछ ।

अन्तर्राष्ट्रिय विभागका उपमन्त्री हेयान नेतृत्वको प्रतिनिधि मण्डल आज बिहान ११: ०० बजे नेपाल आईपुग्ने कार्यतालीका रहेका छ । हेयान नेतृत्वको प्रतिनिधि मण्डल बङ्गलादेश हुँदै नेपाल आउन लागेको हो । उपमन्त्री सुनले नेपाल बसाइँका क्रममा विभिन्न दलका नेताहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

चार दिने भ्रमणका लगि नेपाल आउन लागेको उक्त टोलीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विभिन्न दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।