• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

नेपालले पाकिस्तानलाई दियो १९८ रनको लक्ष्य



काठमाडौँ । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानलाई जितको लागि १९८ रनको लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क क्रीकेट मैदानमा पाकिस्तानविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालले  ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन बनायो ।

नेपालको लागि ओपनर विपिन रावलले सर्वाधिक ३९ रन बनाए । उनले ६८ बलमा ४ चौका र एक छक्का हिर्काए । यस्तै, आकाश चन्द १६ रनमा नटआउट रहदा दिपक डुम्रे २६, कप्तान देब खनाल २३, सुवास भण्डारी २० गुलसन झा १८, दिपेश कडेल १३, अर्जुन कुमाल ६, आकाश त्रिपाठी ६ र उत्तम रंगु थापामगर ४ रन थपे । नेपालले एक्स्ट्रा २६ रन पाएको छ ।

पाकिस्तानको लागि अराफात मिनहसले तीन विकेट लिए । अहमद हुसैन, अली असफान्द, मोहम्मद जिसानले समान दुई दुई विकेट लिदा खुबाहिब खलिलले एक विकेट लिए ।

यसअघि समुहचरणको पहिलो खेलमा नेपाल न्यूजिल्यान्डसँग पराजित भएको थियो भने पाकिस्तानले अफगानिस्तानलाई हराएको थियो । प्रतियोगिताको समूह डी मा नेपालसँगै न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।

समूहको शीर्ष ३ स्थानमा रहने टोलीले सुपर सिक्स को यात्रा तय गर्नेछन् । त्यसपछि समूह ए का टोलीले समूह डी तथा समूह बी र समूह सी को टोलीले एक अर्कासँग खेल्नेछन् ।

सुपर सिक्सको दुई समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन् । समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका लागि खेल्नेछन् ।