• २ श्रावण २०८१, बुधबार
  •      Wed Jul 17 2024
  •   Unicode
Logo
Latest
★   शुभकामना दिन खादा र माला प्रयोग नगर्न तथा मेसेन्जरबाट सन्देश पठाउन प्रधानमन्त्री ओलीको आग्रह ★   प्रोत्साहित हुने नीति लिइन्छ : प्रधानमन्त्री, मनोबल बढाउनुपर्छ : ढकाल ★   करार र अस्थायी कर्मचारी नहटाउन सतर्कता केन्द्रको निर्देशन ★   आज हरिशयनी एकादशी : घरघरमा तुलसी रोपिँदै ★   सिमलताल दुर्घटनाः १७ शव फेला, नौको पहिचान,नवलपुरमा आज थप चार शव भेटिए ★   पत्रकारिताको धारमा बहस गरौं: प्रेस काउन्सिल अध्यक्ष बस्नेत ★   पशुपति कोटीहोम महायज्ञ सुरु ★   वनमा छाडिएका वृद्धको उद्धार ★   विधिपूर्वक मनाइयो साउने (कर्कट) सङ्क्रान्ति ★   परराष्ट्रमन्त्री डा राणाको नीति: राष्ट्रियता र ‘नेपाल फर्स्ट’

विश्व विद्यालयलाई राजनीतिक भागबण्डा बनाउनु हुँदैन, विगतको परम्परामा ब्रेक थ्रु गर्छु : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले देश बनाउने जिम्मा सरकार, सबै राजनीतिक दलका साथै विभिन्न तह र तप्काका जनसमुदायको भएको वताउनु भएको छ ।

उहाँले अहिले देशको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक र शैक्षिक क्षेत्रमा रुपान्तरणको खाँचो औल्याउँदै यसका लागि राज्यका साथै सबैले जिम्मेवारी लिनुपर्ने बताउनु भयो ।

बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा डा.केदारभक्त माथेमा, डा.पिताम्वर शर्मा, डा.विद्यानाथ कोइराला, डा.चैतन्य मिश्र, प्रा.कृष्ण खनालसहितका प्रबुद्ध व्यक्तित्वसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । उहाँले देश बनाउन सबभन्दा बेष्ट ब्रेनहरु केन्द्रित गर्नुपर्छ भन्ने आफ्नो विगतदेखि कै सोँच रहँदै आएको बताउँदै अहिले विश्व विद्यालयलाई राजनीतिक भागबण्डा बनाउनु हुँदैन भनेर विगतको परम्परामा ब्रेक थ्रु गर्न लागिएकाले यसमा बौद्धिक समुदायको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।

प्रधानमन्त्रीले आफू प्रधानमन्त्री भएदेखि नै भोलीको उज्यालो र सम्मुन्नत नेपालका लागि सुशासन, सामाजिक न्याय र सम्बृद्धिका पक्षमा अनवरत काम गरिरहेको बताउँदै आम जनतालाई देशमै भविष्य छ भनेर भरोसा दिनुपर्ने दायित्व राज्यको भएकाले यसमा बौद्धिक समुदायको पनि महत्वपूर्ण भूमिका रहने औल्याउनु भयो ।

छलफलमा डा.केदारभक्त माथेमा, डा.पिताम्वर शर्मा, डा.विद्यानाथ कोइराला, डा.चैतन्य मिश्र, प्रा.कृष्ण खनालसहितका बौद्धिकहरुले प्रधानमन्त्रीले हालै विश्वविद्यालयमा भागवण्डा नगर्ने र मेरिटोक्रेसीवाट उपकूलपति छान्ने प्रक्रिया अघि बढाउनुले नयाँ आशा पलाएको भन्दै समग्र शिक्षा क्षेत्रसहित विश्व विद्यालयहरुको पुर्नसंरचना गर्नेगरी सुधार थाल्न आग्रह गर्नु भयो । उहाँहरुले प्रधानमन्त्री समक्ष विभिन्न विषयमा सुझाव प्रस्तुत गर्नुभयो ।