३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी नेपाल कम्प्याक्टसम्बन्धी सबै दस्ताबेज सार्बजनिक छन्: एमसिए–नेपाल



अ+ अ-

काठमाडौ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले एमसीसी नेपाल कम्प्याक्टसम्बन्धी कुनै दस्तावेजहरू ‘गोप्य’ वा ‘नलुकाइएको’ स्पष्ट पारेको छ । एमसीसी नेपाल कम्प्याक्टसम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू प्राप्त भएको अर्थ लाग्ने भनाइ हालै विभिन्न सञ्चार माध्यममा देखिएको सम्बन्धमा मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)को ध्यानकर्षण भएको जनाएको छ ।

एक बिज्ञप्ति जारी गर्दे  एमसीसी नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था हो र यस संस्थाले साबर्बजनिक महत्वका सम्पूर्ण दस्ताबेज आफना वेभसाईडमा  तथा अन्य माध्यामबाट सबैसाधारणका लागि जानकारी मा राखेको जनाएको छ । एमसीसी नेपाल नेपाल सरकारको जिम्मेबार निकाय भएको र एमसीसी नेपाल कम्प्याक्ट नेपालको आर्थिक हितका लागि नेपाल सरकारबाट  कार्यन्वयन गर्न लागिएको सम्झौता भएकाले यस सम्बन्धी कुनै दस्ताबेज गोप्य राखिनु वा लुकाईनु एमसीसी नेपालको पारदर्शिताको प्रतिबद्धता बिपरित हुने जनाएको छ ।

सोमबार मात्र नेकपा एकिकृत समाजबादीका नेता झलनाथ खनालले केपी ओली नेतृत्वको सरकारले लुकाएको दस्तावेज प्राप्त भएको र त्यसको अध्यायन भै रहेको जनाउनु भएको थियो । नेता खनाल बिभिन्न समयमा गठन भएको अध्यायन कार्यदलका संयोजक समेत हुनुहुन्छ ।