• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको छ: सांसद पौडेल ★   गृहमन्त्रीले नेपाल प्रहरीको चेन अफ कमाण्डलाई नै ब्रेक गर्ने गम्भिर गल्ती गरे: काँग्रेस सांसद केसी ★   उत्तर कोरियाली सैनिकले सीमा पार प्रयास गर्दा सियोलको चेतावनी गोली ★   कालिका मन्दिरमा जेठमा १८ लाख सङ्कलन ★   पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने ★   बानेश्वरमा सहकारी छानबिन समितिको बैठक जारी ★   सोनाक्षी र जहीर इकबालले २३ जुनमा कोर्ट म्यारिज गर्ने ★   ‘पञ्चायत ३’ की अम्मा जीले अझै गरेकी छैनन् बिहे ★   सरकार पूर्णत: असफल भइसक्यो, राजीनामा गर्नुस्: सांसद कार्की ★   गृहमन्त्रीलाई काँग्रेस सांसद राणाको प्रश्न: सुशासन, नैतिकता र भ्रष्टाचारमुक्त समाज बनाउने नारा कहाँ गयो ?

बुद्धको वंश संहारको कथा मूर्तिमा- फोटो फिचर



कपिलवस्त । शान्तिका अग्रदुत भगवान गौतम बुद्धको वंश विनाशको कथा मूर्तिमा उतारिएको छ ।

कपिलवस्तुमा रहेको बुद्धको वंश नाश भएको स्थान सरगहवामा आयोजना गरिएको मूर्तिकला कार्यशालामा देशभरबाट छानिएका मूर्तिकारहरुले गौतम बुद्धको वंश विनाशको कथालाई मूर्तिमा उतारेका हुन् ।

ईसापूर्व चौथो शताब्दीमा भएको शाक्य वंश सम्हारको कथालाई मूर्तिमा उतार्दै बुद्धको जन्मभूमि नेपालबाट विश्वलाई शान्तिको विकल्प नभएको सन्देश दिनेगरी मूर्तिहरु तयार गरिएको झापाका मूर्तिकार गंगाधर सारुले बताउनु भयो । बुद्ध, शान्ति र युद्ध अथवा शाक्य राज्यको पतनको झल्को मूर्तिमार्फत दिएर द्वन्द्वले विश्वमा निम्त्याईरहेको नरसंहारलाई रोक्न पनि ती मूर्तिहरुले शान्तिको विकल्प नभएको सन्देश दिने उहाँको भनाई थियो ।

मूर्तिकार सारुले भन्नुभयो, ‘मेरो मूर्तिको शिर्षक चाहीँ निर्विकल्प शान्ति हो । वर्तमान विश्व द्वन्द्वग्रस्त अवस्थामा छ । राजाहरुको द्वन्द्वको कारणले यो द्वन्द्व बढिराखेको छ । द्वन्द्वकै कारण शाक्य वंशको विनाश भयो । त्यसकारण शान्तिको विकल्प छैन । दम्भ, अहंकार, अभिमानले चाहीँ विनाश गर्छ भन्ने मेरो मूर्तिको सन्देश हो ।’

रुपन्देहीबाट आएका अर्का मूर्तिकार गोविन्द चौधरीले मूर्तिको माध्यामबाट आफूहरुले बुद्धको शान्तिको सन्देशलाई विश्वभर फैल्याउने काम गरेको बताउनु भयो । उहाँले युवाहरुलाई मूर्तिकला सिक्न र त्यसबाट आफ्नो नाम र काम दुवै आर्जन गर्न पनि आह्वान गर्नुभयो ।

मूर्तिकार चौधरीले भन्नुभयो, ‘नयाँ पुस्तालाई मैले के भन्न चाहन्छु भने तपाईहरु पनि पढ्नुस् । ललितकला क्याम्पस पढेर तपाईहरु पनि कलाको सृजना गर्नुस् । तपाईहरुको भविष्य उज्वल छ । तपाईहरु देश, विदेश पुग्न सक्नुहुन्छ । हाम्रा यहाँका थुप्रै कलाकारहरु यस्तो हुनुहुन्छ, जो कोही कारिया, कोही चाइना, जापान, मलेसिया, युरोपतिर थुप्रै देशहरुमा गएर आएर यहाँ काम गरेका कलाकार साथीहरु पनि हुनुहुन्छ । यसर्थ हामीलाई अनुभवले के भन्छ भने अब आउँदो समयका लागि कला सृजना भनेको महत्वपूर्ण पाटो रहनेछ । कलाले हामीले केही गरेर देखाउन सक्छौ । र युवाहरुले पनि यो सिक्नुभयो भने उहाँलाई जीविकोपार्जन पनि यसबाट छ । र मरेर गएपछि पनि यो त सधैं रहिरहन्छ । यसले हाम्रो कीर्ति पनि रहिरहनेछ । सधैं हाम्रा नाम रहन्छ । त्यही भएर युवाहरुलाई मैले अनुरोध गर्न चाहेँ ।’

गत पुस १३ गतेबाट शुरु भएको सो राष्ट्रिय मूर्तिकला कार्यशाला माघ ८ गते सम्पन्न भएको हो । कपिलवस्तुको सगरहवामा कौशल राज्यका राजा विरूढकले ७७ हजार शाक्यहरूको सामूहिक नरसंहार गरेका थिए । तिलौराकोटदेखि नजिकै रहेको क्षेत्रमा भएको घटना विभिन्न बौद्ध साहित्यमा उल्लेख भएको छ । —न्युज एजेन्सी नेपाल