• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

गृहमन्त्रीले नेपाल प्रहरीको चेन अफ कमाण्डलाई नै ब्रेक गर्ने गम्भिर गल्ती गरे: काँग्रेस सांसद केसी



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीमा जथाभावी सरुवा आतंक फैल्याएको भन्दै आपत्ति जनाउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो ।

सांसद केसीले प्रहरी ऐन विपरित प्रहरीहरुको जथाभावी सरुवा किन गर्नुपर्‍यो ? भनि गृहमन्त्री लामिछानेलाई प्रश्न पनि गर्नुभयो । गृह मन्त्रालयको सय दिनमा गृहमन्त्री लामिछानेले सुरक्षा अंगहरुको चेन अफ कमाण्ड नै ब्रेक गर्ने खालको काम गरेको र सुरक्षा निकाय प्रमुखलाई निरिह बनाउने काम गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । गृहमन्त्रीले सय दिनमा १७ पटक प्रहरी र ६६ जना सिडियोहरुलाई परिवर्तन गरेर सरुवा आतंक फैलाएको उहाँको आरोप थियो ।

सांसद केसीले भन्नुभयो, ‘सरकारले यो सय दिनको अवधिमा मैले गृह मन्त्रालयको सय दिनको प्रस्तुती सबै पढेँ । दैनिक गर्नुपर्ने कार्यहरुको फेहरिस्त छ । तर नयाँ ढंगले जुन उत्साहका साथ, प्रतिवद्धताका साथ, जनप्रिय नाराका साथ गृहमन्त्रीसहितको नयाँ टिम प्रवेश गरेको थियो । मैले सय दिनको कार्यक्रममा कुनै पनि पाईन । मैले अघिल्लो वर्ष यही संसदबाट भनेको थिए–तपाई शिवजीको जटामा भागिरथ अडकिएजस्तो नअडकिनु होला भनेर । अहिले मैले सम्पूर्ण परिस्थिति र परिवेश त्यतैतर्फ उन्मुख भएको देखेको छु । निश्चित विधि र परिधिभित्र रहेर काम गरेको मैले चाँही देखेको छैन । सय दिनमा १७ चोटी प्रहरीहरु परिवर्तन भए । ३४ सय भन्दा बढि प्रहरीहरु यो तीन महिनाको अवधिमा परिवर्तन भए । ६६ जना सिडियो र सहायक सिडियो परिवर्तन भएका छन् ।’

‘सय दिन भित्र यत्रो परिवर्तनको आवश्यक्ता किन ? जबकी प्रहरी नियमावलीमा स्पष्ट रुपमा एक वर्षसम्म विशेष परिस्थिति वा उसको काममा खोट देखिएमात्रै परिवर्तन गर्न सकिन्छ, नभए भने परिवर्तन गर्न नहुन्न भन्ने छ । त्यसरी अहिले सरुवा आतंक, आतंक मात्र होइन, प्रहरी भित्रको चेन अफ कमाण्डलाई लाचार छायाँ बनाउने खालको जुन काम गरिएको छ । त्यो गृहमन्त्रीजी तपाईबाट आशा गरिएको यो होइन । तपाईबाट निश्चित पद्धति र मर्यादा भित्र बसेर लोकलाजबाट बचेर मैले जेगरेको छु, प्रक्रियाबाट हुन्छ भन्ने मलाई चाँही विश्वास थियो । तर मैले सय दिन अत्यन्त धैर्यतापूर्वक हेरेँ । तर जुन ढंगको सरुवा आतंक, प्रशासनलाई निरिह छायाँ बनाउने र सुरक्षा अंगहरुमा चेन अफ कमाण्ड बे्रक गर्ने र प्रमुखहरुमाथि नै बक्रदृष्टि राख्ने खालको स्थिति पुगेको छ । त्यसता विषयमा गम्भिर हुन म गृहमन्त्रीजीलाई आग्रह गर्न चाहन्छु । र त्यो सरुवा आतंक किन गर्नुपर्‍यो ? मैले गृहमन्त्रीजीलाई ध्यानाकर्षण गराउन चाहेँ ।’

सांसद केसीले प्रहरी भित्रको चेन अफ कमाण्डलाई आफ्नो लाचार छायाँ बनाउने काम नगर्न पनि गृहमन्त्री लामिछानेलाई सचेत गराउनु भयो ।