२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेन्द्र लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसदको रोष्टममै बजेट पुस्तिका च्यातेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयगत बजेटको पुस्तिका च्यातेका हुन् ।

‘म कम आक्रोश पोख्ने मान्छे हो, कहिलेकाहिँ रिस पनि उठ्छ । तर, जब यो भौतिक पूर्वाधार यातायात मन्त्रालयको बजेट पुस्तिका हातमा पर्‍यो त्यो दिनदेखि म तातिएको छु । च्यातेर हुर्‍याउने मन छ ’, उनले भने ।

बजेट पुस्तिका च्यात्दै उनले भने,‘तर, संसदीय मर्यादाविपरीत हुन्छ भनेर कहाँ हुर्‍याउनुपर्ने हो नहुर्‍याएर यहाँ राख्छु । यो मेरोमात्रै मनको कुरा होइन । अहिले कुनै नाप्ने चिज रहेछ भने यो हलमा बसेको जुनसुकै पार्टीको भएपनि चारवटा निर्वाचन क्षेत्रबाहेक सबैको मनको कुरा हो । यसरी सामान्य लाजघिन पनि नराखेर राज्य स्रोतमाथि मनपरी कतिदिनसम्म मान्छेले सहेर बस्छ ? सामान्य लाज पनि नराख्ने ?’