३ पुष २०८२, बिहीबार
,
Latest
एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पञ्चायत ३’ की अम्मा जीले अझै गरेकी छैनन् बिहे



अ+ अ-

एजेन्सी । आभा शर्माले ‘पञ्चायत सिजन ३’ मा अम्मा जी (दमयन्ती देवी) को भूमिका निभाएकी छिन् । ७५ वर्षीया आभा शर्माले एक अन्तर्वार्ताका क्रममा आफ्नो अभिनय करियर कति कठिन रहेको बताएकी छिन्। उनले बाल्यकालदेखि नै अभिनयमा रुचि राखेपनि ५४ वर्षको उमेरमा अभिनय गर्ने मौका पाएको बताए ।

इन्डियन एक्सप्रेससँगको कुराकानीमा आभाले आफ्नो परिवारमा आफू कान्छी भएको बताइन् । आफ्नो बुबाको मृत्यु पछि, आभाले टेलिकम कम्पनीमा काम गर्न थालेको र आमाको हेरचाह गर्न घरमा बसेको बताईन् । उनले जे.जे. स्कुल अफ आर्ट्सबाट डिप्लोमा गरे र सन् १९७९ मा शिक्षक भएर काम गर्न थाले ।

आभाकी आमाले अभिनय गरून् भन्ने चाहनुभएन । आभाले आफ्नी आमाको कुरा मान्नुभयो र अभिनयको बारेमा सोचेनन्। तर आमाको निधनपछि आभाले फेरि अभिनय गर्न थालिन् ।

आभाले सन् २००९ मा टिभीमा पहिलो ब्रेक पाएकी थिइन् । त्यसपछि उनले अर्जुन कपुर र परिणीति चोपडा स्टारर फिल्म ‘इशकजादे’ मा काम पाए ।

आभालाई २०१० मा फिल्म ‘पिपली लाइभ’ मा भूमिकाका लागि बोलाइएको थियो । यहीँ उनको पहिलो भेट ‘पञ्चायत’ अभिनेता रघुवीर यादवसँग भएको थियो । अचानक स्वास्थ्यमा खराबी आएपछि उनले यो फिल्ममा काम गर्न नसकेर यो रोल अर्कैको हातमा गयो । पछि फेरी आभाले ‘पञ्चायत ३’ मा भूमिका पाइन् । उनले आफ्ना सबै कस्टार, निर्देशक र बाँकी टोलीले निकै सहयोग गरेको बताए ।