• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

सरकार पूर्णत: असफल भइसक्यो, राजीनामा गर्नुस्: सांसद कार्की



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको बताउनुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले आगामी आर्थिक वर्षको बजेटमा सत्तारुढ दलकै सांसदहरुको असन्तुष्टि रहेको भन्दै यसले सरकार असफल भएको जनाउने बताउनुभएको हो ।

उहाँले बजेटमा सत्तारुढ दलकै सांसदहरुको असन्तुष्टि हुनुले नैतिकताको आधारमा मन्त्रीहरुले राजीनामा दिनुपर्ने बताउनु भयो । उहाँले परराष्ट्र मन्त्रालयको खर्च विदेशमा भ्रमण गर्न र फर्निचरहरु किन्न मात्रै भइरहेको भन्दै त्यसलाई कटौति गरेर आन्दोलनरत संघीय संसद सचिवालयका कर्मचारीहरुलाई भत्ता दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘परराष्ट्र मन्त्रालयको खर्च विदेशमा घुम्नु, भ्रमण गर्नु र फर्निचरहरु आदि किन्नुमा जाने रहेछ । यसमा कटौती गरियोस् । यसको रकम संसद सचिवालयको कर्मचारी भत्ता नपाएर आन्दोलिन हुनुभएको छ । उहाँहरुलाई दिइयोस् भनेर प्रश्ताव राख्न चाहन्छु । रसियामा २५ जना मरिसके । परिवारले दु:ख पाएका छन् । नेपाली युवाहरु कतिजना मरेपछि मात्र कुटनीतिक पहल गरेर रसियामा गएका सैनिकहरुलाई फिर्ता गर्न सकिन्छ ? यो मेरो प्रश्न छ । पाँच जना बन्धक छन् । तिनलाई छुटाउन के कुटनीतिक पहल गर्नुभयो ? रसियाले टेरेन भने परराष्ट्र मन्त्रालय कुटनीतिक पहलमा असफल भएको होइन र ? भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्रीले भेटेको जुन दृश्य देखियो । त्यो दृश्य कुटनीतिक आचारसंहितामा पर्छ कि पर्दैन ? मलाई त लाज लाग्यो । त्यो देखेर नेपालीको शीर निहुरिएको छ । चाँडोभन्दा चाँडो कुटनीतिक पहल गर्नुस्, बन्धक बनाएका युवाहरुलाई छुटाउने प्रयास गर्नुस् । गृहमन्त्रीसँग अनुरोध, बस्तीहरुलाई राम्रो ठाउँमा ल्याउँ । के यो सरकार फेल भएको हो ? सत्तापक्ष पनि विरोधी, विपक्ष हुने भैहाल्यो । सरकार असफल भएको हो ? नैतिकताको दृष्टिले सरकारले राजीनामा दिनु पर्ने कि नपर्ने ? यो सरकार पूर्णत: फेल भइसकेको छ । राजीनामा गर्नुस् ।’

उहाँले रसियामा बन्धक नेपालीहरुको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।