१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

मन्त्री किरातीको प्रश्तावः निजगढसहितका अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन पिपिपि मोडलमा गरौं

मन्त्री किरातीको प्रश्तावः निजगढसहितका अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन पिपिपि मोडलमा गरौं
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले निजगढसहितका अन्तर्राष्ट्रिय विमानस्थलहरु सार्वजनिक–निजी साझेदारी (पिपिपि) मोडलमा सञ्चालन गर्नुपर्ने प्रश्ताव गर्नुभएको छ ।

मन्त्री किराँतीले विश्वका ठूला र चलेका अन्तर्राष्ट्रिय विमानस्थलहरु पिपिपि मोडलमा नै सञ्चालन भएकाले सरकारले पनि निजगढ, पोखरा, भैरहवासहितका चार वटै अन्तराष्ट्रिय विमानस्थललाई सोही मोडल अघि बढाउने गरी अध्ययनको कामलाई अघि बढाउने तयारी गरिरहेको बताउनु भयो । मंगलवार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यसलाई छलफलको विषय बनाएर साझा निष्कर्षमा पुग्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो । मन्त्री किराँतीले राजनीतिक दवावको आधारमा आफूले कुनैपनि विमानस्थल निर्माण गर्ने कामलाई अघि नबढाउने समेत स्पष्ट पार्नुभयो । राजनीतिक दबाब र हचुवाको भरमा अघि बढाएकाले बनेको विमानस्थलहरु प्रयोगमा आउन नसकेको उहाँको स्पष्टिकरण थियो ।

मन्त्री किरातीले भन्नुभयो, ‘अब भैरहवा एउटालाई म्यानेजमेण्ट एउटालाई कन्टयाकमा दिएर भएन । पोखरा दिएर भएन । ट्राफिक त एउटै हो नि नेपालको । व्यवसायिक संस्थाहरुबीच झगडा भएर झन कुनै सक्किने, कुनै चल्ने पनि हुन जान्छ । के गर्ने त नेपालको हकमा भन्दा चार वटालाई नै एउटा बण्डलिङ गर्ने र त्यसले निश्चित समय भित्र त्यो तोकिएको समयमा नयाँ एयरर्पोट पनि बनाउने । सुरक्षाको प्रश्न नेपाल सरकारले गर्छ । अरु पिपिपि मोडलबाट सञ्चालन गर्दा कसो होला भनेर यो पनि हामीले अध्ययन समिति बनाउँदैछौं । अध्ययन समिति नबनाउँदा फेरि हचुवा होला । अध्ययन नगरी योजनाहरु बनाएको हुनाले आज हाम्रो अवस्था लथालिंग भएको हो नि ।’

‘यत्रो एयरर्पोट हामीले बनायौ । तर फेरी पनि म कडाईका साथ भन्छु–राजनीतिक दबाबको आधारमा अव एयरर्पोट बन्दैन । र बनाउनु पनि हुँदैन हामीले । कतिवटा एयरर्पोट बनाउने नेपालमा ? र, संसारभरका ठूलो र आकर्षक एयरर्पोटहरु पिपिपी मोडलबाटै चलेका रहेछन् । सुरक्षाको प्रश्न जहाँसम्म नेपालमा देखाइन्छ । यो पुरानो कुरा हो । सबभन्दा थ्रेट त नेपाललाई भन्दा दिल्लीलाई छ नि । दिल्ली त चलिराखेको छ नि । सिंगापुर पनि त्यसैगरी चलेको छ । अरु थुप्रै संसारका एयरर्पोटहरु यसरी चलेको छ । यो पनि फेरी मन्त्रालय र मन्त्रीको विषय होइन । राष्ट्रिय विषय हो । यसमा सबै राजनीतिक दलहरुले साझा एजेण्डा बनाउँदा यो अघि जानसक्छ । यो कुनै एउटा व्यक्ति विशेषको इच्छा र चाहनाले मात्रै हँुदैन । यो ठूलो विषय हो । यसरी जानुपर्छ भन्ने मलाइ लागेको छ ।’

मन्त्री किराँतीले आफूले मन्त्रालयको नेतृत्व लिएपछि नेपाल वायुसेवा निगमको व्यवस्थापनतर्फ ५ अर्व नाफा भएको दाबी समेत गर्नुभयो । आफू मन्त्री भएपछि यता निगमले व्यवस्थापन खर्चतर्फ मुनाफा लिई ५ अर्व ऋण तिर्न सफल भएको उहाँको भनाई थियो । मन्त्री किराँतीले थलामा बसेको निगमलाई आफूले चार हात खुट्टा टेक्ने अवस्थामा पु¥याएको र त्यसको सुधारका लागि सबैले पहल गर्नुपर्ने बताउनु भयो । उहाँले निगमको सुधारका लागि आफूले ३ वटा न्योरोबडी विमान खरिद गर्ने निर्णय लिनुपरेको जिकिर समेत गर्नुभयो ।

मन्त्री किरातीले भन्नुभयो, ‘अब हामी नाफामा छौ कि घाटामा भनेर कसैले सोध्यो भने यो त सत्यतथ्य हुनुप¥यो, दुधको दुध पानीको पानी हुनुप¥यो । यो आजको ऋण होइन । तर हामीले मन्त्रालय सम्हालीसकेपछि व्यवस्थापन खर्चमा नाफा भई ५ अर्व ऋण तिरेको चाहीँ हो । अहिले ४ वटा जहाजले कसरी लगेर ४९ अर्व ऋण तिर्नु ? त्यसमा पनि के ग्राउण्ड ह्याण्डलिङले नै सबै कुरा धानेको हो त भन्ने कुरा पनि छ । सत्य त्यो होइन । यसमा २० प्रतिशत ग्राउण्ड हेण्डलिङको योगदान छ । अरु जहाज उडाएरै छ । यसपाला दशैँमा हामीले फुलफेज जहाज उडाएर हामीले धेरै राम्रो सन्देश बाहिर पनि दियौं । र, कमाई पनि भयो । अहिले पनि हामीले पटकपटक यही जवाफ फेरि दिनु नपरोस् । आजदेखि यहाँ मिडिया हुनुहुन्छ । एक वर्षमा हामी व्यवस्थापन खर्चमा नाफामा गयौं । पहिलाको ऋण छ अर्ब ति¥यौं । यही कुरा चाहीँ सत्य हो । हामीले तीन न्यारोबडी विमान खरिद गर्ने निर्णय पनि गरेका छौं । निजी क्षेत्रको मनपरी रोक्नलाई पनि निगमले विमान खरिद गर्न आवश्यक छ । निगम भित्रको भ्रष्टाचारलाई शुन्य बनाएर लैजानुपर्छ । करार व्यवस्थापन गरेर निगमलाई सुधार गर्ने हाम्रो मुख्य कार्ययोजना हो । यसका लागि विज्ञहरुले अध्ययन गर्नेछन् । र राष्ट्रिय सहमतिको आधारमा त्यसको आवश्यक निर्णय हुनेछ । यसका लागि ढिलाई नगरौं ।’

मन्त्री किराँतीले निजी क्षेत्रको मनपरी रोक्न पनि निगममा विमान थप गर्नुपर्ने अवस्था रहेको तर्क समेत गर्नुभयो ।