९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

राजसंस्थाको पक्षमा प्रदर्शन गर्ने अमेरिकी नागरिक जुलियनलाई आज देश निकाला गरिँदै

राजसंस्थाको पक्षमा प्रदर्शन गर्ने अमेरिकी नागरिक जुलियनलाई आज देश निकाला गरिँदै
अ अ+ अ-

काठमाडौं । नेपालमा आएर राजसंस्थाको पक्षमा प्रदर्शन गर्ने अमेरिकी नागरिक जुलियन किर्पाललाई सरकारले आज देश निकाला गर्दैछ । राजसंस्थाका पक्षमा नाराबाजी गर्ने क्रममा उनी पक्राउ परेका थिए ।

पक्राउ परेका अमेरिकी नागरिक ५८ वर्षीय जुलियनलाई यसअघि नै सरकारले देश निकाला गर्ने निर्णय गरेको थियो । गृह मन्त्रालयले जुलियनलाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउने गरी निष्कासन (डीपोर्ट) गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार नेपालको राजनीतिक गतिविधिमा संलग्न भएको भेटिएपछि किर्पालविरुद्ध प्रतिबन्धसहितिको डिपोर्ट गर्ने निर्णय गरिएको हो । विदेशी नागरिक भएर उनी राजनीतिक गतिविधिमा संलग्न भएका थिए । पक्राउ पर्दा पनि राजसंस्थाको पक्षमा नाराबाजी गरेका थिए । कुनै पनि विदेशी नागरिकले नेपालको आन्तरिक मामिलामा दखल दिन मिल्दैन ।

गत चैत १४ गते अमेरिकी नागरिक किर्पाल माइतीघरबाट पक्राउ परेका थिए । उनले राजसंस्थाको पक्षमा नाराबाजी लगाउनुको साथै पम्पलेट पनि प्रदर्शन गरेका थिए । लगत्तै उनलाई काठमाडौं प्रहरीले पक्राउ परेको थियो । प्रहरी अध्यागमनमा बुझाएपछि किर्पालविरुद्ध अनुसन्धान गरिएको थियो । पर्यटक भिसामा नेपाल बस्दै आएका उनले पछिल्लो समय राजावादीहरूसँग निरन्तर भेटघाटमा रहेको बताइएको छ ।