९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध

गायक प्रकाश सपुतको अनुभव : ‘२०८१ सालमा जहाँबाट उठेको थिएँ, त्यहिँ पछारिएँ’

गायक प्रकाश सपुतको अनुभव : ‘२०८१ सालमा जहाँबाट उठेको थिएँ, त्यहिँ पछारिएँ’
अ अ+ अ-

काठमाडौं । चर्चित गायक तथा कलाकार प्रकाश सपुतले २०८१ साल आफ्ना लागि नराम्रो गरी बितेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै २०८१ साल आफू जीवनमा जहाँबाट उठेको हो फेरि त्यही खाडलमा जाकिएको महशुस भएको बताएका छन् । तर पनि आफू उभिइरहेकाले यात्रा, सपना र जिम्मेवारी बाँकी रहेको उनको भनाइ छ ।

उनले आफूले २०८१ सालमा धेरै गाली खानु परेको पनि गुनासो गरेका छन् । अहिले नै सबै माया र गाली गरेर नसक्नुस् भन्दै भन्दै उनले व्यग्यसमेत गरेका छन् । अझै राम्रो काम गर्न बाँकी रहेको र गल्ती गर्न पनि बाँकी रहेको भन्दै उनले २०८१ साल सकिए पनि आफू नसकिएको प्रतिक्रिया दिएका छन् ।

आफू थोरै भए पनि बाँकी नै छु है भन्दै उनले आफ्नो यात्रालाई थप सक्रियताका साथ अघि बढाउने संकेतसमेत गरेका छन् ।

प्रकाश सपथ लोकप्रिय गायक हुन् । तर उनले २०८१ सालमा बसन्त चलचित्र बनाएका थिए । उनको चलचित्र रिलिज भएका बेला एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेका थिए । त्यसपछि सपुतमाथि गालीको वर्षा भएको थियो । चलचित्र बसन्त पनि राम्रोसँग चल्न सकेको थिएन । यो घटनापछि उनी केही समय विक्षिप्त जस्तै बनेका थिए ।

उनले नयाँ वर्षको शुभकामना दिँदै लेखेको स्टाटसमा के छ त ?

समय शक्तिशाली हुने रहेछ ।

२०८१ मेरो विरुद्धमा शक्तिशाली भएर गयो ।

हुनत अलटाईम बल्कबस्टर पुर्ण बहादुरको सांरगीमा म जोडिन पाए !” बुझिन मैले “ गित लोकप्रिय भयो । बसन्त बनाएर एउटा साचिएको कथा भन्नु पर्ने थियो, भनियो । चलचित्र सोल्टिनी र हरिहादुरको जुत्तामा काम गरियो । तर केहि खÞराब संयोगहरुले मलाई वेचैन बनाए । उद्देश्य र नियत बिना नै केहि अपजसहरुमा म फँसे । लगातार प्रहार भैरहयो ! आसा छ २०८२ त्यस्तो हुने छैन । म एक शान्त र भावुक मनुवा हु । पेशाले सर्जक कलाकार ! कला, भाषा साहित्य, संगितमा काम गर्ने भएकाले बहकिनु स्वभाविक हो । त्यसैले मलाई मानिसहरुको संगत गर्न एकदमै डरलाग्छ किनकि मलाई जस्ले पनि बहकाउन सक्छ । आफ्नो स्वार्थका लागि प्रयोग गर्न सक्छ जुन कुरा मलाई धेरै पछि मात्रै थाहा हुन्छ । यो वर्ष सामाजिक सन्जालमा निकै आलोचित भए । तर पनि ठिक छ । तपाईलाई मेरो गतिविधि हरु देखेर झनक्क रिस उठदा गाली गलौज गरे पनि तपाईको मन मा मेरा सिर्जना र म प्रतिको धारणा नकरात्मक छैन भन्नेमा म विस्वस्थ छु किनकि मेरो नियत नराम्रो छैन र तपाईको मन नराम्रो छैन ।

तपाईहरुलाई त याद छैन होला– मैले अघिल्लो वर्ष देखि जातिय विभेद विरुद्दको वर्ष भनेर काम गरेको थिए । त्यसैले यो विचमा लगातार विभेद विरुद्का केहि सिर्जना गरे । जस्तोकि जाले रुमाल फाट्यो, दमाईमहाराज गित निकाले , त्यहि समुदायको पात्र भएर पुर्ण बहादुरको सारंगि मा काम गरे र बसन्त बनाए । हुनत म स्वयम जहा उभिन्छु त्यहा विभेद विरुद्दको आवाज आफै उठिनै रहन्छ तर अब सिर्जनाको हिसावले आफ्नो पुरानै सिर्जनाहरु जस्तै विभिन्न विषय र शैली हरुमा काम गर्ने लक्ष्य छ । शुटिङ भएका र हुन बाकि चलचित्रको काम र प्रर्दशन सकाएर फेरी गित संगितमा काम गर्ने छु । निर्देशकका रुपमा बसन्तको कमिकमजोरीहरु सच्याउदै एउटा अर्को एउटा चलचित्र बनाएर फिल्म क्षेत्रको गुण र रिन तिर्नु पनि छ । २०८१ मा त मलाई पटक पटक जिवनमा जहा बाट उठेको हो फेरि त्यहि खाडलमा जाकिएको महशुस भयो । तर पनि म उभिएको छु किनकि जिवन बाकि छ, यात्रा बाकि छ, सपना र जिम्मेवारी बाकि छ त्यसैले अहिले नै सबै माया र गाली गरेर नसक्नुस है – अझै राम्रो काम गर्न बाकि छ । अझै गल्ती गर्न बाकि छ । २०८१ साल मात्रै सकिएको म सकिएको छैन । थोरै भएपनि म बाकि नै छु है !

नया वर्ष २०८२ शुभकामना तपाई सप्पै सप्पैलाई ।