३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैत्रीपूर्ण फुटबलमा मरिससमाथि नेपालको जित



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा १० खेलाडीमा सीमित नेपालले नौ खेलाडीमा समेटिएको मरिससलाई १–० गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि सुजल श्रेष्ठले निर्णायक गोल गरे । उनले खेलको दशौँ मिनेटमा गोल गरेका थिए । आशिष लामाले प्रहार गरेको बललाई पेनाल्टी क्षेत्रभित्र रहेका पुजन उपरकोटीले उपलब्ध गराएपछि श्रेष्ठले गोलमा परिणत गरेका थिए ।

 पहिलोपटक अफ्रिकी राष्ट्रविरुद्ध आधिकारिक रुपमा खेल खेलेको नेपाल दुवै मैत्रीपूर्ण खेलमा जित हात पार्न सफल भयो । यसअघि शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई १–० गोल अन्तरले नै पराजित गरेको थियो । उक्त खेलमा नेपालका लागि विमल घर्तिमगरले गोल गरेका थिए ।

मरिसस पेनाल्टीमा चुक्दा नेपालसँग लगातार हार व्यहोर्यो । खेलको १३ औँ मिनेटमा मरिससका कप्तान एन्डी सोफीले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले बचाए । नेपालका दिनेश राजवंशीले मरिससका लिन्स्ले बर्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि मरिससले पेनाल्टी पाएको थियो । त्यसबाहेक दुवै टोलीले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।

यसैगरी खेलको ७० औँ मिनेटमा मरिसस र नेपाल १० खेलाडीमा समेटियो । एक अर्काविरुद्ध घम्साघम्सीमा उत्रिएपछि मरिससका एड्रियन बोटलरले रातो कार्ड पाएका थिए । यता नेपालका पुजन उपरकोटीलाई रेफ्री नवीन्द्र महर्जनले रातो कार्ड पाएका थिए । खेलको ७८ औँ मिनेटमा मरिसस नौ खेलाडीमा समेटियो । नेपालका गौतम श्रेष्ठलाई फउल गरेपछि मरिससका इम्यानुएलले रातो कार्ड पाएका थिए ।