४ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्री ओली दोहामा शिक्षकलाई दलीय संलग्नता निषेध गर्ने कानून कडाईका साथ लागू गरौँ: सांसदहरु पूर्व भारतीय क्रिकेटर विक्रम राठौर राजस्थानको ब्याटिङ कोच बने विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयकमाथिको छलफल सक्ने साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना अमेरिकामा संविधान दिवस मनाइयो ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट ‘मुभी लभर्स कम्युनिटी’ले ‘आँखा’को विशेष प्रदर्शन गर्ने महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल हाम्रो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय: माधव नेपाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसी ‘टिम अफ द इयर’को कप्तानमा रोहित, भारतका ६ खेलाडी अटाउँदा अष्ट्रेलियाका दुई मात्रै



अ+ अ-

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२३ को लागि ओडीआई टिम अफ द इयर घोषणा गरेको छ । भारतलाई एकदिवसीय विश्वकपको फाइनलमा पुर्‍याउने कप्तान रोहित शर्मालाई टोलीको कप्तान बनाएको छ ।

भारतबाट कुल ६ खेलाडीले स्थान पाए भने विश्वकप विजेता अस्ट्रेलियाका ट्राभिस हेड र एडम जाम्पा रहेका छन् ।

भारतका विराट कोहली, शुभमन गिल, मोहम्मद शामी, मोहम्मद सिराज र कुलदीप यादव पनि टिम अफ द इयरमा परेका छन् ।

यस्तै न्युजिल्याण्डका डेरिल मिचेल, दक्षिण अफ्रिकाका हेनरिक क्लासेन (विकेटकिपर) र मार्को यानसन रहेका छन् ।