१९ भाद्र २०८३, शुक्रबार
,
Latest
एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जङ्गी अड्डामा सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी (फोटो फिचर)



अ+ अ-

काठमाडौँ: नेपाली सेनाले आफ्नो स्थापना दिवसका अवसरमा आज माघ ९ गतेदेखि १३ गतेसम्म सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा तस्वीर र युनिट विशेष प्रदर्शनी सञ्चालन गरेको छ ।

प्रदर्शनीमा सेनाको विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने तस्वीर, हातहतियार र उपकरणको राखिएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

प्रदर्शनीबाट सैनिकसम्बन्धी पोशाक, ब्याण्ड, हवाइ सेवा, घोडचढी, जङ्गल र पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेनासम्बन्धी जानकारी प्राप्त हुने छ ।

सेनाद्वारा सञ्चालित विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयलगायतका गतिविधि र श्रव्यदृश्य सामग्रीको समेत प्रदर्शनी गरिएको छ ।

आमनागरिकलाई नेपाली सेनासम्बन्धी विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।

प्रदर्शनी अवलोकनकर्तालाई यही माघ ९ गते दिउँसो दुईदेखि पाँच बजेसम्म तथा माघ १० गतेदेखि १३ गतेसम्म १० बजेदेखि अपराह्न ५ बजेसम्म निस्शुल्क प्रवेशको व्यवस्था छ ।

प्रदर्शनीबाट सर्वसाधारण र विद्यार्थीलाई सेनाका विभिन्न गतिविधिबारे जानकारी लिन सजिलो हुनेछ ।रासस

तस्बिर: प्रदीपराज वन्त-रासस