२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०२४ लाई ब्लकबस्टर बनाउने तयारीमा अजय देवगन, पाँच फिल्म आउँदै



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता अजय देवगन २०२४ लाई ब्लकबस्टर बनाउन सक्दो प्रयास गरिरहेका छन् । यो वर्ष उनका पाँच फिल्मले दर्शकलाई मनोरञ्जन दिनेछन् । गत वर्ष उनको एउटा मात्रै चलचित्र ‘भोला’ रिलिज भएको थियो । तर, यो वर्ष उनका तीन चलचित्र ५० दिनमा हलमा रिलिज हुँदैछन् ।

अजयको यो वर्षको पहिलो फिल्म विकास बहलले निर्देशन गरेको शैतान हुनेछ । यसमा उनीसँगै ज्योतिका र आर माधवन पनि देखिनेछन् । यो मार्च ८ मा रिलीज हुन सक्छ ।

यसपछि अमित रविन्द्रनाथ शर्मा निर्देशित उनको बहुप्रतिक्षित फिल्म मैदान आउनेछ । उनको फिल्म और मे कहाँ दम थाको रिलिज मिति अप्रिल महिनामा तय गरिएको छ । चलचित्रलाई निरज पाण्डेले निर्देशन गरेका हुन् ।

फिल्ममा अजयले सैयद अब्दुल रहीमको भूमिका निर्वाह गरेका छन् । ‘मैदान’ अप्रिलको दोस्रो साता इदको अवसरमा विश्वभर रिलिज हुँदैछ । यो हालै घोषणा गरिएको थियो । यसै क्रममा उनको फिल्म सिंघम अगेन स्वतन्त्रता दिवसको अवसरमा रिलिज हुँदैछ ।

यो रोहित शेट्टीको एक्शन मनोरञ्जनात्मक फिल्म हो, जसमा अक्षय कुमार, रणवीर सिंह, दीपिका पादुकोण, करीना कपूर खान, टाइगर श्राफ र अर्जुन कपूर जस्ता स्टार कलाकारहरू पनि छन् ।

सिंघमपछि अजय सुपरहिट फिल्म ‘रेड’को सिक्वेलमा पनि देखिनेछन् । चलचित्रको छायांकन सुरु भई नोभेम्बर १५ मा हलमा रिलिज हुने बताइएको छ । राजकुमार गुप्ताको निर्देशनमा बन्न लागेको यो फिल्ममा वाणी कपुर र रितेश देशमुख पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

यसरी अजयले यो वर्ष जम्मा पाँच फिल्ममा दर्शकलाई मनोरञ्जन दिँदैछन् । तर, एक वर्षमा उनका यति धेरै फिल्म रिलिज भएको यो पहिलो पटक भने होइन । यसअघि सन् १९९३ र २००६ मा उनका आठ फिल्म रिलिज भएका थिए । एकै समयमा, उनको सात चलचित्रहरू २००३ मा रिलिज भए ।