२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो News Polar लागुऔषधसहित छ जना पक्राउ News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ

२०२४ लाई ब्लकबस्टर बनाउने तयारीमा अजय देवगन, पाँच फिल्म आउँदै

२०२४ लाई ब्लकबस्टर बनाउने तयारीमा अजय देवगन, पाँच फिल्म आउँदै
अ अ+ अ-

एजेन्सी । बलिउड अभिनेता अजय देवगन २०२४ लाई ब्लकबस्टर बनाउन सक्दो प्रयास गरिरहेका छन् । यो वर्ष उनका पाँच फिल्मले दर्शकलाई मनोरञ्जन दिनेछन् । गत वर्ष उनको एउटा मात्रै चलचित्र ‘भोला’ रिलिज भएको थियो । तर, यो वर्ष उनका तीन चलचित्र ५० दिनमा हलमा रिलिज हुँदैछन् ।

अजयको यो वर्षको पहिलो फिल्म विकास बहलले निर्देशन गरेको शैतान हुनेछ । यसमा उनीसँगै ज्योतिका र आर माधवन पनि देखिनेछन् । यो मार्च ८ मा रिलीज हुन सक्छ ।

यसपछि अमित रविन्द्रनाथ शर्मा निर्देशित उनको बहुप्रतिक्षित फिल्म मैदान आउनेछ । उनको फिल्म और मे कहाँ दम थाको रिलिज मिति अप्रिल महिनामा तय गरिएको छ । चलचित्रलाई निरज पाण्डेले निर्देशन गरेका हुन् ।

फिल्ममा अजयले सैयद अब्दुल रहीमको भूमिका निर्वाह गरेका छन् । ‘मैदान’ अप्रिलको दोस्रो साता इदको अवसरमा विश्वभर रिलिज हुँदैछ । यो हालै घोषणा गरिएको थियो । यसै क्रममा उनको फिल्म सिंघम अगेन स्वतन्त्रता दिवसको अवसरमा रिलिज हुँदैछ ।

यो रोहित शेट्टीको एक्शन मनोरञ्जनात्मक फिल्म हो, जसमा अक्षय कुमार, रणवीर सिंह, दीपिका पादुकोण, करीना कपूर खान, टाइगर श्राफ र अर्जुन कपूर जस्ता स्टार कलाकारहरू पनि छन् ।

सिंघमपछि अजय सुपरहिट फिल्म ‘रेड’को सिक्वेलमा पनि देखिनेछन् । चलचित्रको छायांकन सुरु भई नोभेम्बर १५ मा हलमा रिलिज हुने बताइएको छ । राजकुमार गुप्ताको निर्देशनमा बन्न लागेको यो फिल्ममा वाणी कपुर र रितेश देशमुख पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

यसरी अजयले यो वर्ष जम्मा पाँच फिल्ममा दर्शकलाई मनोरञ्जन दिँदैछन् । तर, एक वर्षमा उनका यति धेरै फिल्म रिलिज भएको यो पहिलो पटक भने होइन । यसअघि सन् १९९३ र २००६ मा उनका आठ फिल्म रिलिज भएका थिए । एकै समयमा, उनको सात चलचित्रहरू २००३ मा रिलिज भए ।