२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फाको विशेष साधारण सभाबाट लेखा परीक्षक नियुक्त



अ+ अ-

काठमाडौँ । लेखा परीक्षकको नियुक्त लागि अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा सोमवार सम्पन्न भएको छ ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सोमवार साधारणसभाले लेखा परीक्षक नियुक्त गरेको हो । सो साधारण सभाले लेखा परीक्षक वर्ष २०७९÷८० का लागि एलएसबी एसोसिएट र ८०/८१ का लागि एएनएस एसोसियटलाई नियुक्त गर्ने निर्णयलाई पारित गरेको छ । साधारणसभाअघि बसेको आपतकालिन बैठकले दुई निर्णय पनि गर्यो । साधारण सभा सकिएपछि पत्रकार सम्मेलन आयोजना गर्दै एन्फाका प्रवक्ता सुरेश शाहले विशेष साधारण सभाका लागि अनुमानित बजेट ४३ लाख ३० हजार २ सय रुपैयाँ पनि बैठकले पारित गरेको बताउनु भयो ।

यसअघि गत कात्तिक २३ गते मात्र एन्फाको विशेष साधारण सभा भएको थियो । त्यतिबेला एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङबिरुद्ध अविश्वासको प्रश्तावका लागि सो साधारण सभा भएको थियो । तर साधारणसभाले नेम्वाङमाथिको अविश्वास अस्वीकृत गरेको थियो । एन्फाका प्रवक्ता शाहले सहायक महासचिव वसन्त अर्यालको जिम्मेवारी परिवर्तन गरी रिक्त पदमा विजय घलेलाई जिम्मेवारी दिइएको पनि जानकारी दिनुभयो । उहाँले अध्यक्षले एन्फाको महासचिव, सहायक महासचिव र प्रवक्ता नियुक्ति गर्न पाउने अधिकार प्रयोग गरेको सो निर्णय गरेको दाबी गर्नुभयो ।

तीन महिना नै नबित्दै एन्फाको अर्को साधारणसभा गरे पनि विवाद भने उत्पन्न भएन । एन्फाले लेखा परीक्षक नियुक्तिका लागि भने दोस्रो पटक विशेष साधारणसभा बोलाएको हो । —न्युज एजेन्सी नेपाल