२१ मंसिर २०८२, आईतवार
,
Latest
सबल अर्थतन्त्रका लागि ऊर्जा क्षेत्रमा आवश्यक छ स्पष्ट नीति एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश साविक विजेता जनकपुरमाथि कर्णालीको रोमान्चक जित केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाइने सोमबारदेखि मानव अधिकार महाभेला विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्याउने माध्यम होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि होः… संसद् महत्वपूर्ण र निर्णायक हो भन्ने पुष्ट्याइ गर्ने गरी काम गर्नुस्ः सभामुख घिमिरे ‘साधनमाला’ लोकार्पण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनमोहक मुस्कान र अलौकिक रुप देखेर मानिसहरु भावुक, प्राण प्रतिष्ठापछि रामलल्ला यस्तो देखिए



अ+ अ-

अयोध्या । रामलल्लाको दर्शनका लागि शताब्दीयौंदेखिको प्रतीक्षा आज अन्त्य भएको छ । रामलल्लाको पहिलो तस्बिर देख्नेबित्तिकै भक्तजनमा यस्तो हर्षोल्लास भयो कि धेरैको आँखामा आँसु आयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हातमा कमलको फूल लिएर पूजा गरे । प्रधानमन्त्रीले रामलल्लाको आँखाको पट्टी हटाए । रामलला पीताम्बरले सजिएका छन् र हातमा धनुष र बाण लिएर बसेका छन् ।

रामलल्लाले सुनको कवच, झुम्का र हार लगाएका छन् । गहनाले जडित मुकुटको तौल करिब ५ किलो रहेको बताइएको छ । रामललाको मुकुटमा नौ रत्नहरू सजिएका छन् र उनको घाँटीमा सुन्दर रत्नहरूको माला छ । भगवान रामलल्लाको कम्मरपट्टी पनि सुनको बनेको छ । रामलल्लाको गहनामा रत्न, मोती र हीरा समावेश छ ।

बालकाण्ड रामचरितमानसमा रामललाको वर्णन भएकोले रामलल्लालाई सजाइएको छ । रामलल्लाको चरणमा वज्र, ध्वज र अंकुशका प्रतीकहरू सजिएका छन् । कम्मरमा कम्मरपट्टी र पेटमा त्रिवाली । रामललाका विशाल हातहरू गहनाले सजिएका छन् ।

रामलल्लाको छातीमा बाघको पञ्जाको अनौठो छायाँ छ । छाती रत्नले जडित मोतीको हारले सजिएको छ । राम मन्दिरको अभिषेकका क्रममा सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो । सम्पूर्ण अयोध्या अलौकिक र भव्य भएको छ ।