४ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्री ओली दोहामा शिक्षकलाई दलीय संलग्नता निषेध गर्ने कानून कडाईका साथ लागू गरौँ: सांसदहरु पूर्व भारतीय क्रिकेटर विक्रम राठौर राजस्थानको ब्याटिङ कोच बने विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयकमाथिको छलफल सक्ने साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना अमेरिकामा संविधान दिवस मनाइयो ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट ‘मुभी लभर्स कम्युनिटी’ले ‘आँखा’को विशेष प्रदर्शन गर्ने महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल हाम्रो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय: माधव नेपाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न



अ+ अ-

अयोध्या । अयोध्याको राम मन्दिरमा रामललाको प्राण प्रतिष्ठाको प्रक्रिया पूरा भएको छ । श्रीरामको मूर्ति पहिलो पटक देखिएको छ । यसअघि मोदीले मन्दिरको गर्भगृहमा पुगेर प्राणप्रतिष्ठा पूजाको शपथ लिएका थिए । त्यसपछि पूजा सुरु भयो ।

प्रधानमन्त्रीले रामललाको आँखाको पट्टी हटाएर हातमा कमलको फूल लिएर पूजा गरेका थिए । रामलला पीताम्बराले सजिएको छ । हातमा धनु र बाण लिएर बसेका छन् ।

भारत र विदेशबाट धेरै पाहुनाहरू आएका छन् । जसमा संघ प्रमुख मोहन भागवत, पूर्व राष्ट्रपति रामनाथ कोविन्द, पूर्व उपराष्ट्रपति वेंकैया नायडू, मुकेश(नीता अम्बानी, गौतम अडानी, अमिताभ बच्चन, रजनीकान्त सामेल छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी बिहान १०ः२५ बजे अयोध्या पुगेका थिए । आरतीको समयमा सबै पाहुनाहरूले घण्टी बजाउनेछन् । सेनाको हेलिकप्टरबाट अयोध्यामा पुष्पवृष्टि गरिएको थियो ।

सोमबार बिहान मंगल ध्वनीबाट कार्यक्रमको सुरुवात भएको थियो । बिहान १० बजेदेखि १८ राज्यका ५० वटा बाजा बजिरहेका छन् । अभिषेकपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिर निर्माण गर्ने मजदुरसँग भेट गर्नेछन् । त्यसपछि उनी कुबेरटिलामा गएर भगवान शिवको पूजा गर्नेछन् ।