२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व पत्नीसँग सडक यात्राको आनन्द लिइरहेका छन् आमिर खान



अ+ अ-

एजेन्सी । आजकल अभिनेता आमिर खान फिल्मभन्दा पनि आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा छन् । आमिरकी छोरी आयरा खानले हालै आफ्नो प्रेमी नुपुर शिक्रेसँग विवाह गरेकी छन् ।

यसैबीच, अहिले आमिर खान आफ्नी पूर्व पत्नी किरण रावसँग समय बिताउँदै आएका छन् । किरण रावले हालै सामाजिक सञ्जालमा एउटा तस्विर शेयर गरेकी छिन्, जसमा उनी आमिर र छोरा आजाद खानसँग देखिएकी छिन् । उनको यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

आमिर खानकी पूर्वपत्नी किरण रावले हालै आफ्नो इन्स्टाग्राम स्टोरीमा एउटा तस्विर शेयर गरेकी छिन् । तस्विरमा किरण आमिर खान र छोरा आजाद खानसँग देखिएका छन् ।

रोड ट्रिपमा जाँदा किरण आफ्नो पूर्व पति र छोरासँग खुसीसाथ पोज दिइरहेको देखिन्छ । तस्विरमा आमिर खान पनि किरणसँग निकै खुसी देखिन्छन् । उनीसँगै एउटा कुकुर पनि देखिएको छ ।

२०२२ मा फिल्म ‘लाल सिंह चड्ढा’ रिलिज भएपछि आमिर खानले अभिनयबाट ब्रेक लिएका थिए । तर, उनी निर्माताका रूपमा सक्रिय छन् । अभिनेता राजकुमार सन्तोषी र सन्नी देओलसँग ‘लाहोर १९४७’ मा काम गरिरहेका छन् ।

यस बाहेक उनी फिल्म ‘सितारा जमीं पर’ को काममा व्यस्त छन् । आमिरले यो फिल्म २०२४ को क्रिसमसमा हलमा रिलिज हुने घोषणा पनि गरेका छन् ।