१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलको सहज जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा लिभरपुलले बर्नमाउथलाई उसकै मैदानमा ४-० गोलले हराएको हो । लिभरपुललाई फराकिलो जित दिलाउन डार्विज नुनेज र डिओगो जोटाले दुई दुई गोल गरे ।

जितसँगै शीर्षस्थानको लिभरपुलले दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँग ५ अंकको अग्रता बनाएको छ ।

लिभरपुलको २१ खेलबाट ४८ अंक छ भने एक खेल कम खेलेको सिटीको ४३ अंक छ । पराजित बर्नमाउथ २० खेलबाट २५ अंकका साथ १२ औं स्थानमा छ ।