२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐतिहासिक धार्मिक सद्भाव र सहिष्णुताको परम्परालाई कायम राखौं: डा. बाबुराम भट्टराई



अ+ अ-

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई नेपालको ऐतिहासिक धार्मिक सद्भाव र सहिष्णुताको परम्परालाई कायम राख्नु पर्ने जनाउनु भएको छ ।

विश्व हिन्दू महासंघ नेपालका पदाधिकारी तथा अगुवा अभियन्ताहरूसंगको भेटमा नेता भट्टराईले यस्तो बताउनु भएको हो । उहाँले महासंघका टोलीसंग धर्मनिरपेक्ष राज्य र सनातनदेखि चलिआएको धर्मसंस्कृतिको रक्षाबारे अत्यन्त गहन र उपयोगी छलफल भएको जनाउनु भएको छ ।

उहाँले नेपालको ऐतिहासिक धार्मिक सद्भाव र सहिष्णुताको परम्परालाई कायम राख्दै धर्मलाई राजनीतिक र सामरिक स्वार्थकालागि उपयोग गर्ने ‘अधर्मी’ प्रवृत्तिबाट सतर्क रहन आग्रह गर्नुभएको छ ।