२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदरसाको अवस्था नाजुक छ, राज्यको ध्यान पुगेनः अध्यक्ष अन्सारी



अ+ अ-

काठमाडौँ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मदरसा सञ्चालनका लागि राज्यको ध्यान नपुगेको बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा २ हजार भन्दा बढी मदरसाहरु रहेको र सरकारले बेवास्त गर्दा विद्यार्थीहरु त्रिपालमुनि बसेर अध्ययन गर्नुपर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले मदरसाहरु चन्दाको भरमा चलिरहेको भन्दै सरकारले आवश्यक ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले मदरसाहरुको अवस्था नाजुक रहेकाले राज्यले बढी जोड दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा २ हजार भन्दा बढी मदरसाहरु छन् । सबै प्रदेशमा रहेका छन् । जसमध्ये लुम्बिनी, मधेस,कोशी प्रदेश, वागमती प्रदेशमा बढी छ । मदरसा निःस्वार्थले चलाइरहेका छन् । अहिले केही समय अघिदेखि राज्यले अनुदानस्वरुप दिएको छ । कयौँ वर्ष अघिदेखि नै मदरसा चलिरहेको छ । ती मदरसा चन्दाको भरमा चलिरहेका छन् । मदरसाहरुको अवस्था अत्यन्त नाजुक रहेको छ । अहिले पनि धेरैजसो मदरसाहरुमा बोरा र सुकुल ओछ्याएर पढ्नुपर्ने बाध्यता छ । त्यसमा राज्यको ध्यान नपुगेकै हो । ३ लाख बढी विद्यार्थीलाई शिक्षा दिइरहेको मदरसालाई बेवास्ता गर्नु हुँदैन ।’

अध्यक्ष अन्सारीले मदरसाको प्रधानाध्यापक मुस्लिम समुदायकै व्यक्ति हुनुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल