२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

सौराहमा सरकारी हात्तीलाई हरियो खान्की, निजीलाई रुखोसुखो !

सौराहमा सरकारी हात्तीलाई हरियो खान्की, निजीलाई रुखोसुखो !
अ अ+ अ-

चितवन । चितवनको सौराहाका हात्ती व्यवसायीहरुले हात्तीले खाने आहारामा सरकारले विभेद गरेको भन्दै गुनासो गरेका छन् ।

सौराहा घुम्न आउने पर्यटकका लागि हात्ती सफारी अनिवार्य झैं हुने गरेको छ । तर यी हात्तीका लागि आवश्यक हरियो घाँस उपलब्ध नहुँदा समस्या परेको गुनासो व्यवसायीको छ ।

सौराहामा अहिले निजी हात्ती ७० वटा छन् । एक हात्तीलाई दिनमा विभिन्न किसिमका २५० केजी खानेकुरा आवश्यक पर्छ । दैनिक २० केजी त धान मात्रै आवश्यक पर्छ । हात्ती व्यावसायी रमेश सिलवालका अनुसार हात्तीलाई सुकेको पराल र धान आहाराका रुपमा दिने गरिएको छ । तर यी हात्तीलाई हरियो घाँस दिन सकिएको छैन ।

सरकारी हात्तीका लागि निकुञ्जमा हरियो घाँस काट्न कुनै अवरोध नहुने तर निजी क्षेत्रका हात्तीका लागि भने त्यस्तो सुविधा छैन । पहिला हात्ती सफारीमा जाँदा हात्तीहरु वनमा चर्थे, माहुतेहरुले पनि घाँस ल्याउँथे तर अहिले यस्तो अवस्था छैन, घाँस ल्याउन पाइँदैन । यसलाई सहजीकरण गरिदिन पनि उहाँले माग गर्नुभयो । सौराहा आउने पर्यटकलाई हात्ती सफारीमा जाँदा सहकारी संस्थाले प्रति हात्ती प्रवेशको सामुदायिक वनलाई रु ७००, प्रतिव्यक्ति नेपालीलाई रु १५०, सार्क क्षेत्रका पर्यटकलाई एक हजार र अन्य देशका विदेशीलाई दुई हजार रुपैयाँ लिने गरेको छ ।

 

निजी हात्तीहरु कुमरोज सामुदायिक वन, खोरसोर मध्यवर्ती क्षेत्र, चित्रसेन सामुदायिक वन र बाघमारा सामुदायिक वनमा सफारीका लागि लैजाने गरिन्छ । सिलवालका अनुसार निकुञ्जले मेसिन लगाएर घाँस काटेर फाल्ने गरेको छ, सुकेर गएको छ तर घरपालुवा हात्तीका लागि लिएर आउन पाइँदैन ।

सौराहाका निजी हात्तीलाई निकुञ्ज प्रवेशमै रोक लगाइएको छ । यहाँ आउने पर्यटकलाई सामुदायिक वनमा मात्र घुमाएर फर्काउने गरिएको छ । २०७५ असोज २९ गते निकुञ्जको नियमावली संसोधन गरी निजी हात्तीलाई निकुञ्ज प्रवेशमा रोक लगाइएको हो ।

सिलवालका अनुसार पर्यटकको संख्याा केही सुधार भएपनि हात्ती सफारी गर्नेहरुको संख्या भने त्यत्ति आशलाग्दो छैन । उहाँका अनुसार हात्ती वर्गीकरणमा समेत सरकारले अल्मल्याइरहेको छ । जसले गर्दा सौराहको पर्याय बनेको हात्ती र यसका व्यावसायीहरु निराश भएका छन् ।

बाहिर जिल्ला लैजान पनि नपाउने कार्यले पनि अवरोध भएको भन्दै उहाँले भन्नुभयो, निकुञ्जले पनि संरक्षण गर्ने व्यवसायिक प्रयोजनका लागि अन्त पनि लैजान नपाउने नियम ठिक छैन । घोडालाई व्यावसायिक प्रयोजनाका लागि अन्य जिल्लामा लगेजस्तै हात्ती पनि लैजान पाउनु पर्छ ।

युनाइटेड हात्ती संचालन सहकारी सस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार हात्ती धनी ब्यक्ती भएता पनि सम्पुर्ण अधिकार नेपाल सरकारको माताहत रहेको छ ।

तस्बिर: प्रदीपराज वन्त-रासस