१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चित हलिउड अभिनेता जेट ली किन आए काठमाडौँ ?



अ+ अ-

काठमाडौँ । चर्चित हलिउड तथा चिनियाँ अभिनेता जेट ली नेपाल आएका छन् । केही दिनअघि काठमाडौँ आएका उनी हाल बौद्धको एक गुम्बामा छन् ।

बौद्ध गुरु छोकी निमा रिम्पोछेसँग बौद्ध दर्शनको कक्षा लिन उनी नेपाल आएको बताइएको छ । जेट लीसँगै शनिबार अभिनेत्री मनिषा कोइराला पनि उक्त गुम्बामा पुगेकी थिइन् ।

रिम्पोछेले बौद्ध गुम्बामा दुई दिनसम्म दिएको बौद्ध कक्षामा अभिनेता जेट ली सहभागि थिए । उनी छोरी र केही सहयोगीसँगै काठमाडौंमा आइपुगेका हुन् । सन् २०२३ को क्रिसमस मनाउन पनि जेट ली काठमाडौँ आइपुगेका थिए ।

यसपटकको उनी नेपाल आउनुको कारण विस्तृत रुपमा बताइएको छैन । अभिनेता ली बौद्ध दर्शनप्रति अभिरुचि राख्छन् ।

उनी चिनियाँ फिल्म अभिनेता, निर्माता, मार्शल आर्ट्सका कलाकार र सेवानिवृत्त उसु च्याम्पियन समेत हुन् । सन् १९८२ को चिनियाँ फिल्म ‘साओलिन टेम्पल’बाट उनले अभिनयमा डेब्यु गरेका थिए ।

उनी अन्तिम पटक २०२० को फिल्म मुलानमा देखा परेका थिए । उनले ४७ भन्दा बढी फिल्ममा अभिनय गरेका छन् ।