• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

पूर्वराजा ज्ञानेन्द्र सिमराको मुसहर बस्तीमा: युवराज्ञी हिमानी बनेपाको धनेश्वर स्कुलमा



काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह सिमरास्थित मुसहर बस्ती पुगेका छन्। पूर्वराजा शाहले मुसहर बस्तीका बालबालिका तथा स्थानीयसँग झण्डै एक घण्टा बिताउनु भएको थियो ।

पूर्वराजा शाहसँगै पूर्वरानी कोमल र राजपरिबारका अन्य सदस्यहरु पनि मुसहर बस्ती पुग्नु भएको थियो ।

राजपरिबारका सदस्यलाई बालबालिकाले फूलमालाले स्वागत गरेका थिए।

सो स्थानमा प्रभु शमशेर राजी राणा ट्रष्टले विपन्न मुसहरका लागि बनाइदिएका घर अवलोकनका लागि सिमरा पुग्नु भएको हो । उक्त ट्रष्टले मुसहरका लागि करिब २० घर बनाएको छ।

यसैबीच पूर्वयुवराज्ञी हिमानी शाह बनेपामा रहेको धनेश्वर महादेब आधारभूत बिद्यालय पुग्नु भएको छ ।

सो अबसरमा उहाँले धनेश्वर स्कुलका विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री वितरण गर्नुभएको थियो । शाहले बनेपामा रहेको चण्डेश्वरी मन्दिर दर्शन गर्नुभएको थियो ।