२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा मिश्र



अ+ अ-

तनहुँ । तनहुँ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा वैकुण्ठनाथ मिश्र सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार मनोनयन दर्ताको कार्यतालिका रहेकामा मिश्र सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा इमकुमार मल्ल निर्वाचित हुनुभएको छ । अध्यक्षमा मिश्र र मल्लको उम्मेदवारी परेको थियो । मल्लले अध्यक्षबाट उम्मेदवारी फिर्ता गरेर वरिष्ठ उपाध्यक्षमा मनोनयन गर्नुभएको थियो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनुभएका सुवोध अधिकारीले पनि उम्मेदवारी फिर्ता गर्नुभएको छ ।

अध्यक्षमा निर्वाचित मिश्र अघिल्लो अधिवेशनमा अध्यक्षमा पराजित हुनुभएको थियो । त्यस्तै मल्ल अघिल्लो अधिवेशनमा प्रथम उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

प्रथम उपाध्यक्षमा भने कुमार मल्ल, सुरेश पुरी र राजकुमार श्रेष्ठ (राक)को उम्मेदवारी परेको निर्वाचन प्रबन्ध समितिका संयोजक डम्बरदेव हड्खलेले जानकारी दिनुभयो । द्वितीय उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, शिवओम मल्ल र शकुन्तला आलेको उम्मेदवारी परेको छ ।

कोषाध्यक्षमा भीमलाल श्रेष्ठ, प्रकाशचन्द्र हड्खले र राजेश श्रेष्ठको उम्मेदवारी परेको छ । अन्य पदमा पनि सर्वसम्मतको पहल थालिएको छ । निर्वाचन तालिकाअनुसार आज उम्मेदवारीउपर दाबी विरोध, यही माघ ८ गते छानबिन, १० गते उम्मेदवारी फिर्ता, १० गते नै अन्तिम नामावली प्रकाशन, १३ गते मतदानको कार्यक्रम रहेको छ ।