काठमाडौं । हरेक १२ वर्षमा निकालिने श्री पचली भैरवको बाह्र वर्षे जात्रा अन्तरगत आज लगनटोलमा खड्ग सिद्धी जात्रा जात्रा निकालिएको छ ।
कार्तिक ७ गते सुरु भएके जात्रा २०८१ सालको भलभल अष्टमीका दिन समाप्त गरिन्छ । पचली भैरवको बाह्र वर्षे नाच भनिए पनि यो नाचको खास नाम भने ‘श्री पचली भैरवको खड्ग सिद्धी नाच’ हो । यसलाई नेपाल भाषामा यसलाई गथु प्याखँ भनिन्छ ।
जात्रा काठमाडौंको मरु टोल, हनुमानढोका, लगन टोल, पचली, इन्द्रचोक, असन, भिमसेनथान, नक्साल, हाँडीगाउँलगायत पाटन, भक्तपुर, साँखु, गोकर्ण, चाँगुमा लगेर प्रदर्शन गरिनेछ ।
१२ वर्ष खड्ग सिद्धीजात्राको क्रममा श्री भैरवले काष्ठमण्डप छेवैको भुतिसतलमा बसेर राजासँग खड्ग साट्ने परम्परा रहिआएकोमा अहिले यो क्रम भने भगं भएको छ । नाच समापन भएपछि नाचका पात्रहरूले लगाउने सबै मुखौटा टेकु दोभानमा जलाइने संस्कृतिका जानकारको भनाइ छ ।