४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

लगनटोलमा पचली भैरवको बाह्र वर्षे खड्ग सिद्धी जात्रा (फोटो फिचर)

लगनटोलमा पचली भैरवको बाह्र वर्षे खड्ग सिद्धी जात्रा (फोटो फिचर)
अ+ अ-

काठमाडौं । हरेक १२ वर्षमा निकालिने श्री पचली भैरवको बाह्र वर्षे जात्रा अन्तरगत आज लगनटोलमा खड्ग सिद्धी जात्रा जात्रा निकालिएको छ ।

कार्तिक ७ गते सुरु भएके जात्रा २०८१ सालको भलभल अष्टमीका दिन समाप्त गरिन्छ । पचली भैरवको बाह्र वर्षे नाच भनिए पनि यो नाचको खास नाम भने ‘श्री पचली भैरवको खड्ग सिद्धी नाच’ हो । यसलाई नेपाल भाषामा यसलाई गथु प्याखँ भनिन्छ ।

जात्रा काठमाडौंको मरु टोल, हनुमानढोका, लगन टोल, पचली, इन्द्रचोक, असन, भिमसेनथान, नक्साल, हाँडीगाउँलगायत पाटन, भक्तपुर, साँखु, गोकर्ण, चाँगुमा लगेर प्रदर्शन गरिनेछ ।

१२ वर्ष खड्ग सिद्धीजात्राको क्रममा श्री भैरवले काष्ठमण्डप छेवैको भुतिसतलमा बसेर राजासँग खड्ग साट्ने परम्परा रहिआएकोमा अहिले यो क्रम भने भगं भएको छ । नाच समापन भएपछि नाचका पात्रहरूले लगाउने सबै मुखौटा टेकु दोभानमा जलाइने संस्कृतिका जानकारको भनाइ छ ।