• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान ★   पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध ★   सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिँदै, कांग्रेस र लोसपा सहभागी हुने ★   कांग्रेस संसदीय दलको बैठक बस्दै ★   काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बाढीका चेतावनी ★   पोर्चुगललाई पेनाल्टीमा हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा ★   दम्भभित्र लुकेको प्रधानमन्त्री दाहालको ‘अ’विश्वासको मत ★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ

दैनिक जीवन सहज बनाउन अप्नाउनुहोस् यी ७ एप्सहरु



काठमाडौं । कुनै समय मोबाइल फोन एउटा मात्रै उद्देश्यका लागि प्रयोग हुन्थे, कसैसँग कुरा गर्न । तर, प्रविधिमा भएको द्रुत विकाससँगै मोबाइल फोन अहिले दैनिकीको अंग बनिसकेको छ । अर्थात्, मोबाइल फोन सामान्य ‘डिभाइस’मा मात्रै सीमित रहेन ।

मोबाइल अहिले ल्यापटपले जत्तिकै काम गर्न सक्ने भएको छ । म्युजिक प्लेयरले जस्तै काम गर्न सक्छ । तर, यी सबै सुविधा मोबाइलसँगै आउँछन् भन्नेचाहिँ होइन । अहिले यस्ता धेरै नवीनतम ‘एप्स’ विकास भएका छन्, जसलाई डाउनलोड गरेर आफ्नो मोबाइललाई धेरै गुणा बढी प्रभावकारी बनाउन सकिनेछ ।

आजभोलि प्रत्येक दिनजसो नयाँ–नयाँ खालका एप्स आइरहेका हुन्छन् । त्यसमध्ये कतिपयले ग्राहकको ध्यान तान्न सक्दैनन् भने कतिपय निकै लोकप्रिय बन्छन् । यस्ता एप्सले प्रयोगकर्ताको दैनिक जीवनलाई सहज मात्रै गरिदिएका छैनन् जीवनशैली नै परिवर्तनसमेत गरिरहेका छन् । त्यसका लागि ती एप्स पहिचान गरी मोबाइल फोनमा राख्नुपर्छ । दैनिक जीवन सहज बनाउने यी हुन् ७ एप्स 

१) वर्ड लेन्स
यो मोबाइलमा भएको क्यामेरामार्फत अक्षरलाई उल्था गर्ने एप हो । उदाहरणका लागि तपाई कुनै यस्तो देश वा ठाउँको भ्रमणमा हुनुहुन्छ, जहाँको भाषा थोरै पनि बुझ्नुहुन्न । यस्तो अवस्थामा तपाईको यात्रा थप कठिन बन्न सक्छ । यस्तो अवस्थामा स्थानीय कसैको सहायता चाहिन सक्छ । यदि मोबाइलमा यो एप छ भने कसैको सहायता चाहिँदैन । यो एपले कतै लेखिएको कुनै पनि अक्षरलाई तपाईले बुझ्ने भाषामा उल्था गरिदिन्छ । उदाहरणका लागि आफूले जान्न चाहेको अक्षरको फोटो खिच्नुहोस्, यो एपले उक्त अक्षरलाई अर्को भाषामा उल्था गरिदिन्छ ।

२) थिफ ट्र्याकर
थिफ ट्र्याकर एपले तपाईको मोबाइल कसले चोर्‍यो भनेर पत्ता लगाउन मद्दत गर्नेछ । चोरीको मोबाइल पत्ता लगाउन यो एप निकै प्रभावकारी देखिएको छ । चोरले जब मोबाइल तीनपटकसम्म ‘अनलक’ गर्ने प्रयास गर्छ र असफल हुन्छ, त्यसपछि यो एपले फोनको अगाडिपट्टिको क्यामेराबाट उक्त चोरको फोटो खिच्छ र फोटो तपाईंको इमेलमा पठाइदिने गर्छ ।

चोरको अनुहारको फोटो नै प्राप्त भएपछि त चोर समात्न सहज हुने नै भयो । कम्तीमा यसबाट हराएको मोबाइल फोन पुनः प्राप्त गर्न सकिनेछ । यो एपले चोरको तस्बिरसहित लोकेसन पनि पठाइदिन्छ । धेरैपटक मोबाइल अनलक गर्ने प्रयास असफल भएपछि फोटो खिच्ने भन्ने सेटिङमा पहिले नै मिलाउनुपर्छ । त्यसैले आफ्नो मोबाइल फोनको सुरक्षाका लागि अहिले नै यो एपको प्रयोग गर्न सकिन्छ ।

३) स्पिन मी अलार्म क्लक
बिहान चाँडै उठ्नुपर्ने, तर उठ्न नसक्नेहरूका लागि यो एप निकै प्रभावकारी छ । चाँडै उठ्नका लागि धेरै अलार्म सेट गरेर पनि उठ्न नसक्नेका लागि हो । यो एपले यस्तो तरिकाले काम गर्छ कि अलार्म बजेपछि फेरि सुत्नै दिँदैन । जबसम्म आफैँ उठेर यसको वरिपरि घुम्नुहुन्न, तबसम्म अरू कुनै पनि तरिकाले यसलाई बन्द गर्न सकिँदैन । सुतेरै यो फोनलाई घुमाउनुभयो भने पनि अलार्म बन्द हुँदैन । यसको अलाम बन्द हुन आफ्नो खुट्टामै उभिएको हुनुपर्छ र वरिपरि घुमेकै हुनुपर्छ । यो एप साँच्चिकै तपाईंभन्दा चलाख छ । यो एपले कहिल्यै ढिला हुन दिनेछैन ।

४) फोटो म्याथ
यो एप म्याथम्याटिक्स मन नपराउनेहरूका लागि हो । यसले म्याथम्याटिक्ससम्बन्धी समस्या समाधान गर्नेछ र यसका सबै प्रक्रियाबारे जानकारी दिनेछ । त्यसलाई हेरेर त्यस्ता समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने जान्न सकिनेछ । यसको प्रक्रिया पनि निकै सहज छ । प्रश्नलाई मोबाइलको क्यामेरामार्फत स्क्यान गरेपछि एपले प्रश्न पढ्नेछ र समस्या समाधान गर्नेछ । यदि माथम्याटिक्समा समस्या छ भने, चिन्ता नलिनुहोस् । यो एप डाउनलोड गर्नुहोस्, समस्या समाधान हुनेछ ।

५) क्ल्याप टु फाइन्ड 
 मोबाइल साइलेन्ट मोड राखेका वेला कतै छुट्दा राखेको ठाउँ बिर्सेर भेट्टाउन मुस्किल हुने समस्या धेरैमा हुन्छ । कतिपयले त यो समस्या नियमितजस्तै भोगिरहेको पनि हुन सक्छ । यदि यस्तो समस्या छ भने अब चिन्ता गर्नुपर्दैन । क्ल्याप टु फाइन्ड एपले साइलेन्ट मोडमा रहेको मोबाइल फेला पार्न सहयोग गर्छ । यो एप प्रयोग गर्दा पटक–पटक ताली बजाउनुपर्छ । त्यसपछि फोनमा आफैँ घन्टी बज्नेछ ।

६) स्काइप रियल–टाइम ल्यांग्वेज ट्रान्सलेटर
स्काइपको नयाँ ‘फिचर’ले दुईजना व्यक्तिलाई एकअर्कासँग आ-आफ्नै भाषामा गफ गर्न मिल्ने सुविधा दिएको छ । यो एपले एकले उसकै भाषामा बोलेको कुरा सुन्ने व्यक्तिले बुझ्ने भाषामा उल्था गरिदिनेछ । उदाहरणका लागि यो एपको प्रयोग गरी अमेरिका र स्पेनका दुई विद्यार्थी एकअर्कासँग आफ्नै भाषमा गफ गर्न सक्छन् । यो एपले एकले बोलेको भाषालाई अर्को व्यक्तिले बुझ्ने गरी तत्काल उल्था गरिदिनेछ । यसबाट अरू भाषा जान्नैपर्ने बाध्यता पनि हुनेछैन ।

७) टास्कर
यो ‘अटोमेसन एप’ हो । यो एपको प्रयोगबाट धेरै काम गर्न सकिन्छ । जस्तै, यो एपको प्रयोगबाट मोबाइलबाटै इन्टरनेट बन्द गर्न सकिन्छ । व्यस्त भएका वेला यो एपले कल गर्ने व्यक्तिलाई व्यस्त रहेको जानकारीसहितको सन्देश आफैँ पठाउँछ । हेडसेट प्रयोग गर्नेबित्तिकै यो एपले गीत बजाइदिनेछ । यो एपले साँच्चिकै दैनिक जीवन सहज बनाइदिनेछ । तपाई मोबाइलमा कुराकानी गर्न नसक्ने अवस्थामा पनि यो एपले फोन गर्ने व्यक्तिलाई सन्देश पठाइदिनेछ । यस्तै, राति सुत्दा वा दिनमा बाहिर निस्कँदा इन्टरनेट बन्द गर्न चाहनुहुन्छ, तर बिर्सनुभयो भने यो एपले सहयोग गर्नेछ । (एजेन्सीको सहयोगमा)