२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला

दैनिक जीवन सहज बनाउन अप्नाउनुहोस् यी ७ एप्सहरु

दैनिक जीवन सहज बनाउन अप्नाउनुहोस् यी ७ एप्सहरु
अ अ+ अ-

काठमाडौं । कुनै समय मोबाइल फोन एउटा मात्रै उद्देश्यका लागि प्रयोग हुन्थे, कसैसँग कुरा गर्न । तर, प्रविधिमा भएको द्रुत विकाससँगै मोबाइल फोन अहिले दैनिकीको अंग बनिसकेको छ । अर्थात्, मोबाइल फोन सामान्य ‘डिभाइस’मा मात्रै सीमित रहेन ।

मोबाइल अहिले ल्यापटपले जत्तिकै काम गर्न सक्ने भएको छ । म्युजिक प्लेयरले जस्तै काम गर्न सक्छ । तर, यी सबै सुविधा मोबाइलसँगै आउँछन् भन्नेचाहिँ होइन । अहिले यस्ता धेरै नवीनतम ‘एप्स’ विकास भएका छन्, जसलाई डाउनलोड गरेर आफ्नो मोबाइललाई धेरै गुणा बढी प्रभावकारी बनाउन सकिनेछ ।

आजभोलि प्रत्येक दिनजसो नयाँ–नयाँ खालका एप्स आइरहेका हुन्छन् । त्यसमध्ये कतिपयले ग्राहकको ध्यान तान्न सक्दैनन् भने कतिपय निकै लोकप्रिय बन्छन् । यस्ता एप्सले प्रयोगकर्ताको दैनिक जीवनलाई सहज मात्रै गरिदिएका छैनन् जीवनशैली नै परिवर्तनसमेत गरिरहेका छन् । त्यसका लागि ती एप्स पहिचान गरी मोबाइल फोनमा राख्नुपर्छ । दैनिक जीवन सहज बनाउने यी हुन् ७ एप्स 

१) वर्ड लेन्स
यो मोबाइलमा भएको क्यामेरामार्फत अक्षरलाई उल्था गर्ने एप हो । उदाहरणका लागि तपाई कुनै यस्तो देश वा ठाउँको भ्रमणमा हुनुहुन्छ, जहाँको भाषा थोरै पनि बुझ्नुहुन्न । यस्तो अवस्थामा तपाईको यात्रा थप कठिन बन्न सक्छ । यस्तो अवस्थामा स्थानीय कसैको सहायता चाहिन सक्छ । यदि मोबाइलमा यो एप छ भने कसैको सहायता चाहिँदैन । यो एपले कतै लेखिएको कुनै पनि अक्षरलाई तपाईले बुझ्ने भाषामा उल्था गरिदिन्छ । उदाहरणका लागि आफूले जान्न चाहेको अक्षरको फोटो खिच्नुहोस्, यो एपले उक्त अक्षरलाई अर्को भाषामा उल्था गरिदिन्छ ।

२) थिफ ट्र्याकर
थिफ ट्र्याकर एपले तपाईको मोबाइल कसले चोर्‍यो भनेर पत्ता लगाउन मद्दत गर्नेछ । चोरीको मोबाइल पत्ता लगाउन यो एप निकै प्रभावकारी देखिएको छ । चोरले जब मोबाइल तीनपटकसम्म ‘अनलक’ गर्ने प्रयास गर्छ र असफल हुन्छ, त्यसपछि यो एपले फोनको अगाडिपट्टिको क्यामेराबाट उक्त चोरको फोटो खिच्छ र फोटो तपाईंको इमेलमा पठाइदिने गर्छ ।

चोरको अनुहारको फोटो नै प्राप्त भएपछि त चोर समात्न सहज हुने नै भयो । कम्तीमा यसबाट हराएको मोबाइल फोन पुनः प्राप्त गर्न सकिनेछ । यो एपले चोरको तस्बिरसहित लोकेसन पनि पठाइदिन्छ । धेरैपटक मोबाइल अनलक गर्ने प्रयास असफल भएपछि फोटो खिच्ने भन्ने सेटिङमा पहिले नै मिलाउनुपर्छ । त्यसैले आफ्नो मोबाइल फोनको सुरक्षाका लागि अहिले नै यो एपको प्रयोग गर्न सकिन्छ ।

३) स्पिन मी अलार्म क्लक
बिहान चाँडै उठ्नुपर्ने, तर उठ्न नसक्नेहरूका लागि यो एप निकै प्रभावकारी छ । चाँडै उठ्नका लागि धेरै अलार्म सेट गरेर पनि उठ्न नसक्नेका लागि हो । यो एपले यस्तो तरिकाले काम गर्छ कि अलार्म बजेपछि फेरि सुत्नै दिँदैन । जबसम्म आफैँ उठेर यसको वरिपरि घुम्नुहुन्न, तबसम्म अरू कुनै पनि तरिकाले यसलाई बन्द गर्न सकिँदैन । सुतेरै यो फोनलाई घुमाउनुभयो भने पनि अलार्म बन्द हुँदैन । यसको अलाम बन्द हुन आफ्नो खुट्टामै उभिएको हुनुपर्छ र वरिपरि घुमेकै हुनुपर्छ । यो एप साँच्चिकै तपाईंभन्दा चलाख छ । यो एपले कहिल्यै ढिला हुन दिनेछैन ।

४) फोटो म्याथ
यो एप म्याथम्याटिक्स मन नपराउनेहरूका लागि हो । यसले म्याथम्याटिक्ससम्बन्धी समस्या समाधान गर्नेछ र यसका सबै प्रक्रियाबारे जानकारी दिनेछ । त्यसलाई हेरेर त्यस्ता समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने जान्न सकिनेछ । यसको प्रक्रिया पनि निकै सहज छ । प्रश्नलाई मोबाइलको क्यामेरामार्फत स्क्यान गरेपछि एपले प्रश्न पढ्नेछ र समस्या समाधान गर्नेछ । यदि माथम्याटिक्समा समस्या छ भने, चिन्ता नलिनुहोस् । यो एप डाउनलोड गर्नुहोस्, समस्या समाधान हुनेछ ।

५) क्ल्याप टु फाइन्ड 
 मोबाइल साइलेन्ट मोड राखेका वेला कतै छुट्दा राखेको ठाउँ बिर्सेर भेट्टाउन मुस्किल हुने समस्या धेरैमा हुन्छ । कतिपयले त यो समस्या नियमितजस्तै भोगिरहेको पनि हुन सक्छ । यदि यस्तो समस्या छ भने अब चिन्ता गर्नुपर्दैन । क्ल्याप टु फाइन्ड एपले साइलेन्ट मोडमा रहेको मोबाइल फेला पार्न सहयोग गर्छ । यो एप प्रयोग गर्दा पटक–पटक ताली बजाउनुपर्छ । त्यसपछि फोनमा आफैँ घन्टी बज्नेछ ।

६) स्काइप रियल–टाइम ल्यांग्वेज ट्रान्सलेटर
स्काइपको नयाँ ‘फिचर’ले दुईजना व्यक्तिलाई एकअर्कासँग आ-आफ्नै भाषामा गफ गर्न मिल्ने सुविधा दिएको छ । यो एपले एकले उसकै भाषामा बोलेको कुरा सुन्ने व्यक्तिले बुझ्ने भाषामा उल्था गरिदिनेछ । उदाहरणका लागि यो एपको प्रयोग गरी अमेरिका र स्पेनका दुई विद्यार्थी एकअर्कासँग आफ्नै भाषमा गफ गर्न सक्छन् । यो एपले एकले बोलेको भाषालाई अर्को व्यक्तिले बुझ्ने गरी तत्काल उल्था गरिदिनेछ । यसबाट अरू भाषा जान्नैपर्ने बाध्यता पनि हुनेछैन ।

७) टास्कर
यो ‘अटोमेसन एप’ हो । यो एपको प्रयोगबाट धेरै काम गर्न सकिन्छ । जस्तै, यो एपको प्रयोगबाट मोबाइलबाटै इन्टरनेट बन्द गर्न सकिन्छ । व्यस्त भएका वेला यो एपले कल गर्ने व्यक्तिलाई व्यस्त रहेको जानकारीसहितको सन्देश आफैँ पठाउँछ । हेडसेट प्रयोग गर्नेबित्तिकै यो एपले गीत बजाइदिनेछ । यो एपले साँच्चिकै दैनिक जीवन सहज बनाइदिनेछ । तपाई मोबाइलमा कुराकानी गर्न नसक्ने अवस्थामा पनि यो एपले फोन गर्ने व्यक्तिलाई सन्देश पठाइदिनेछ । यस्तै, राति सुत्दा वा दिनमा बाहिर निस्कँदा इन्टरनेट बन्द गर्न चाहनुहुन्छ, तर बिर्सनुभयो भने यो एपले सहयोग गर्नेछ । (एजेन्सीको सहयोगमा)