२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंका बिरामी अस्पताल (फोटोफिचर)



अ+ अ-

काठमाडौं । मानिसहरु बिरामी भएपछि उपचारका लागि जाने पहिलो ठाउँ भनेको नै अस्पताल हो । अस्पतालमा चिकित्सकको सेवा पाएपछि नै मानिसहरु स्वस्थ हुन्छन् र आफ्नै दिनचर्यामा फर्किन्छन् ।

गुणस्तरहीन खानेकुरा, अस्वच्छ खानेपानी, सडकको धुवाँ, धुलो र पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण मानिसहरु धेरै बिरामी हुने गरेका छन् । जसका कारण पनि मानिसहरु केही न केही रोग लिएर बाँचेका छन् । त्यसैले पनि स्वास्थ्यचौकी र अस्पताल पुगेर महिनामा आफ्नो स्वास्थ्यको चेकजाँच गर्नैपर्ने बाध्यता छ । स्वास्थ्य सेवा दिने क्षेत्र नै अस्वस्थ भएपछिको अवस्था कल्पना गर्न सकिँदैन ।

स्वस्थ बन्न जाने ठाउँ नै अस्वस्थ भएपछि अर्थात उपचार लिन जाने ठाउँ नै बिरामी भएपछि के होला ? हामी सोच्न सक्दैनौँ । तर यी दृश्यहरु हेर्दा लाग्छ, काठमाडौं उपत्यकाका केही अस्पतालहरु आफैँ बिरामी छन् । अस्पतालको परिसरमा बिरामी कुरुवाहरुका लागि राखिएको कुर्सी, परिसरमा फालिएका स्वास्थ्य सामग्री, सेवा दिन सूचनाका रुपमा राखिएका प्लेकार्डहरु, पुराना स्वास्थ्य सामग्रीहरु यत्रतत्र फालिएको देख्न सकिन्छ ।

अस्पतालमा परिसरलाई बिरामी बनाइरहेका यी काम सकिएर फालिएका सामग्रीहरुको उचित व्यवस्थापन हुन सकेको छैन । अस्पतालको यो अवस्था देख्दा उपचार गर्न जाने ठाउँ नै बिरामी भएको जस्तो भान सबैलाई हुन्छ नै । न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका अव्यवस्थित अस्पतालका केही तस्बिरहरु आजको फोटोफिचरमा ।