३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

भारतमा २५ हजारभन्दा बढी सङ्क्रमित, १६ हजार सङ्क्रमणमुक्त

भारतमा २५ हजारभन्दा बढी सङ्क्रमित, १६ हजार सङ्क्रमणमुक्त
अ+ अ-

नयाँदिल्ली ।  भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको सङ्ख्यामा फेरि बृद्धि हुन थालेको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा २५ हजार ३२० जना सङ्क्रमित भएका हुन् । 

यसअघि एक दिनमा सङ्क्रमितहरुको सङ्ख्या आधा कम भइरहेका बेला अहिले फेरि बढ्दै जान थालेको हो । 

मन्त्रालयले पछिल्लो २४ घण्टामा १६ हजार ६३७ जना कोरोनाभाइरस मुक्त भएको तथ्याङ्क पनि सार्वजनिक गरेको छ । 

भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या एक करोड १३ लाख ५९ हजार ४८ पुगेको अधिकारीहरुले जनाएका छन् ।  

कुल सङ्क्रमित मध्ये दुई लाख १० हजार ५२२ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कुल एक करोड नौ लाख ८९ हजार ८९७ जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अहिलेसम्म एक लाख ५८ हजार ६०७ जनाको मृत्यु भएको छ । ती मध्ये १६१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।   

स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म दुई करोड ९७ लाख ३८ हजार ४०९ खोपको उपभोग भएको छ ।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ । परिषद्का अनुसार शनिबारसम्म भारतमा २२ करोड ६७ लाख तीन हजार ६४१ जनाको कोरोना परीक्षण गरिएको छ । शुक्रबार भने आठ लाख ६४ हजार ३६८ जनाको कोरोना परीक्षण गरिएको छ ।