• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान ★   पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध ★   सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिँदै, कांग्रेस र लोसपा सहभागी हुने ★   कांग्रेस संसदीय दलको बैठक बस्दै ★   काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बाढीका चेतावनी ★   पोर्चुगललाई पेनाल्टीमा हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा ★   दम्भभित्र लुकेको प्रधानमन्त्री दाहालको ‘अ’विश्वासको मत ★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ

कोकाकोला खाएको १ घण्टापछि तपाईको शरीरमा के हुन्छ ?



एजेन्सी । सफ्ट ड्रिंक्ससँग जोडिएको एउटा समाचारले विश्वमा खलबली मच्याएको छ । ब्रिटेनका पूर्व फार्मास्टिक नीरज नाइकले आफ्नो एक ब्लगमा कोल्ड ड्रिंक्स खाएपछि शरीरको भित्र हुने प्रभावका बारेमा केही कुरा बाहिर ल्याएका छन् ।

उनले यस ब्लगमा कोकाकोला खाएकोडेली मेलका अनुसार नाइकले एक ग्राफिकका माध्यमबाट बताएका छन् कि कोल्ड ड्रिंक्सले शरीरको आवश्यक खनिज पदार्थ बाहिर ल्याउँछ र मानिस मानसिक र शारीरिक रुपमा बदलिन थाल्दछ ।

पहिलो १० मिनेट

जब तपाई एउटा कोकाकोला खानुहुन्छ तब तपार्यको शरीरमा १० चम्चा चिनी भित्र जान्छ । योमात्रा २४ भण्टामा लिएको चिनीको मात्रा बराबर हुन्छ । अचानक यति मिठो खाइपछि तपाईलाई बान्ता पनि हुन सक्छ तर त्यसमा मिसीएको फास्टोरिक एसिडका कारण यसो हुँदैन ।

२० मिनेटपछि

कोक आएको २० मिनेटपछि खाने मानिसको ब्लड सुगर एकदमै बढ्छ ।
जसका कारण शरीरको लिबरले शरीरमा प्रतिक्रिया गर्छ र माटोपना बढ्न जान्छ ।

४० मिनेटपछि

त्यसपछि उसको शरीरमा क्याफिनको मात्रा छिट्टै बढ्दै जान्छ । अर्कोतर्फ ब्लड प्रेसर पनि बढ्दै जान्छ । जसका कारण तपाईको लिबरले रगतमा अझ बढी चिनीका मात्रा पुर्याउँछ । अनि मस्तिष्कमा रगत जान कम हुन्छ ।

४५ मिनेटपछि

त्यसपछि तपाईको शरीरलाई मादक पदार्थ सेवन गरेको जस्तो लाग्दछ । शरीरले डोपामाइनको उत्पादन बढाउँछ र दिमागको खुसी दिने भाग सक्रिय बनाउँछ ।

६० मिनेछपछि (खाएको १ घण्टापछि) 

१) फास्फोरिक एसिडले तपाईको शरीरको भित्रि भागमा क्याल्सियम, मेग्निसियम र जिंकलाई एकस्थानमा जम्मा पार्छ । जसका कराण मेटाबोजिल्म बढ्छ । चिनी र अन्य आर्टिफिसियल मिठासको बढ्दो मात्राका कारण मेटाबेल्जिक अरु बढ्छ । यसपछि मानिस पिशाब फेर्न जानछन् र केल्सियम बाहिर निक्लिन्छ ।

२) क्याफिनलाई तरल बनाउने गुणले असर देखाउन थाल्छ । अनि तपार्यलाई पटकपटक पिशाब लाग्न थाल्छ । जसका कारण तपाईको शरीरबाट क्याल्सियम, मेग्निसियम र जिंक र सोडियम बाहिर जान्छ जुन तपाईको हड्डीमा जानुपर्ने हो ।

३) जसरी यो प्रक्रिया हुन्छ । मिठोपनको असर बढ्दै जान्छ । अनि तपाई अल्छी बन्न थाल्नुहुन्छ । कोकमा भएको पानी यूरिनद्वारा बाहिर निक्लन्छ ।