४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर ५३ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । आइतवार देशभर ५३ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। पछिल्लो २४ घन्टामा २ हजार ६ सय १५ जनाको पिसिआर परीक्षण गर्दा ५३ जनामा संक्रमण देखिएसंगै संक्रमितको संख्या २ लाख ७५ हजार २ सय ३१ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ७७ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार ३ सय २६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर ८ सय ९१ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ४७ जना क्वारेन्टाइनमा रहेको छन् । हालसम्म नेपालमा २२ लाख १५ हजार ४ सय ११ पीसीआर परीक्षण भएका छन् ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १४ पुगेको छ । हाल देशभर ८ सय ९१ जना संक्रिय संक्रमित रहेको समेत बताइएको छ।