५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व राजा ज्ञानेन्द्र शाहद्वारा गढीमाईको पूजा



अ+ अ-

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले बाराको बरियारपुरमा रहेको प्रसिद्ध धार्मिक स्थल गढीमाई मन्दिरमा पूजापाठ गर्नुभएको छ ।

मधेश प्रदेशको बारा, पर्सा, रौतहट एवं सर्लाहीको धार्मिक भ्रमणमा रहनु भएका शाहले बिहीबार साँझ गढीमाई मन्दिरमा पूजापाठ गर्नुभएको हो ।

गढीमाईको दर्शन गर्न आउनु भएका शाहलाई स्थानीयहरूले भव्य स्वागत गरेका थिए। उनीहरुले पूर्वराजा शाहको पक्षमा केही समय नाराबाजी समेत गरेका थिए।

‘राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा कसको जनताको, जनता कसको राजाको’ लगायतका नाराहरू लगाएका थिए। आगामी माघ १३ गते वीरगन्जस्थित लाल बंगलाको प्राङ्गणमा पूर्व राजा शाहलाई नागरिक अभिनन्दन गरिने कार्यक्रम समेत रहेको छ ।