२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राजदूत सोङबाट नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको स्थलगत अबलोकन- फोटो फिचर



अ+ अ-

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको स्थलगत अबलोकन गर्नुभएको छ ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले जिम्मा पाएको कामको गति सुस्त भएको भन्द आलोचना भएपछि राजदुत छन सोङले स्थलगत अबलोकन गर्नुभएको हो ।

अबलोकन पछि राजदूत सोङले विगत दश महिनामा नारायणघाट-बुटवल सडकको दोस्रो पटक भ्रमण गरेको जानकारी गराउदै धेरै बाधाहरू हटाएर परियोजना सुचारु रूपमा अगाडि बढेको देख्दा खुसी लागेको जनाउनु भएको छ ।

उहाँले चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीका सबै कर्मचारीहरूलाई तिनीहरूको कडा परिश्रमको लागि बधाई समेत दिनु भएको छ ।

सडक विस्तारमा विलम्ब हुँदा नागरिकले खेप्नु परेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउन रास्वपा सभापति एबं चितवन २ का सांसद समेत रहेनु भएका रवि लामिछाने सहितका नेता तथा कार्याकर्ता ले ९ पुसमा नारायणगढबाट पैदल यात्रा सुरु गरी ११ गते बुटवलमा पुगेर सकिएको थियो ।

यसैबीच २६ पुष गते सभापति लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता भएको थियो । सो भेटघाटमा रास्वपाले सम्पन्न गरेको ३ दिने दबाब यात्रा (पूर्व(पश्चिम राजमार्गअन्तर्गत नारायणगढ) बुटवल सडक खण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्रा क्रममा नागरिकले खेप्नु परेको सास्तीबारे कुराकानी भएको थियो ।

भेटमा निर्माणमा ढिलाइ हुनुको विविध कारणबारे छलफल भएको जनाईएको छ। थप ढिलाइ नहुन चलिनु पर्ने कदम र निर्वाह गरिनुपर्ने भूमिकाबारे विस्तृत कुराकानी भएको र आयोजना छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट आवश्यक पहल गर्ने राजदूत सोङले प्रतिबद्धता जनाउनु भएको रास्वपाले जनाएको छ ।

अहिलेसम्म ४३ प्रतिशत मात्रै काम सकिएकाले यो आयोजनाको काम सकिन अझै कम्तीमा ३ वर्ष लाग्ने अनुमान सडक विभागकै छ । करिब रु १७ अर्ब लागतको यो परियोजना एसियाली विकास बैंक एडिबीको ऋण सहयोगमा अघि बढाइएको हो । रासस