७ श्रावण २०८३, बिहीबार
,
Latest
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’ एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब सर्वसाधारणले पनि राजपरिवारले हेर्ने गरेका सिनेमा तथा डकुमेन्ट्री हेर्न पाउने



अ+ अ-

काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालयमा  पुगेका अवलोकनकर्ताहरूले  केही  समयपछि  तत्कालीन  राजपरिवारले  हेर्ने  गरेका  सिनेमा  तथा  डकुमेन्ट्री  हेर्न पाउने भएका छन् । नारायणहिटी  दरबारको  मूल  भवनमा  दशैँमा  टीका थाप्ने  कक्षसँग  जोडिएको  सिनेमा हल दरबार हत्याकाण्डपछि बन्दै छ । दरबार अवलोकर्ताहरूको चासो र उत्सुकता सिनेमा हलप्रति  हुने  गरेको  छ । त्यसैले  सो  हल  खुला  गरी  अवलोकनकर्ताका  लागि  सिनेमा प्रदर्शन गर्न नारायणहिटी दरबार  सङ्ग्रहालय  विकास  समितिले तयारी थालको छ ।

सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले सिनेमा  हलका  बारेमा  धेरैले  जिज्ञासा राख्ने गरेको सुनाउँदै भने, “अब छिट्टै सिनेमा हलका कुर्सीमा बसेर  तत्कालीन  राजारानीले  हेरेका  सिनेमा  हेर्न पाइनेछ ।” झण्डै २० वर्षसम्म ‘प्रोजेक्टर हल’ रहेको सानो कोठामा सिनेमाका ती रिललाई थन्क्याइँदा ढुसी परेको छ । रिल छोप्ने प्रत्येक भाँडोलाई सङ्ग्रहालयका  कर्मचारीहरूले  मट्टीतेलले  सफा  गरिरहेका  छन्  भने  नेपाल  चलचित्र  संस्थानबाट अवकास पाइसकेका प्राविधिक भरतप्रसाद  नेपाल  रिललाई  सफा  गर्नेदेखि  अन्य मर्मतका कार्यमा व्यस्त छन् ।

उनले २०२६ सालदेखिका डकुमेन्ट्री तथा केही नेपाली चलचित्रको  रिल  रहेको  बताउँदै  भने,  “धेरैजसो रिललाई यहीँ सफा गर्न सकिन्छ । कतिपयको  अवस्था  जीर्ण  भएकाले  भारतमा  पठाउनुपर्ने हुनसक्छ ।” दरबारको सिनेमा हलमा दुईवटा प्रोजेक्टर छन् ।

तिनलाई सामान्य मर्मतपछि सञ्चालनमा ल्याउन  सकिन्छ  ।  सङ्ग्रहालयका  कार्यकारी  निर्देशक दाहालले सकेसम्म आउँदो वैशाखबाट सिनेमा  प्रदर्शन  गर्ने  तयारी  गरिएको  बताउँदै  थपे,  “अवलोकनकर्ताहरूलाई  समय  तोकेर पालैपालो सिनेमा देखाइनेछ ।” तत्कालीन राजपरिवारका  सदस्य  एवं  शाही  नातेदारहरूले  प्रायः  शुक्रबार  सिनेमा  हेर्ने  गर्नुहुन्थ्यो । विदेशी सिनेमाहरू उपत्यकाका सिनेमा हलबाट रिल  राजपरिवारलाई  देखाइन्थ्यो । सिनेमामा ११६ वटा  सिट  छन्  ।  पाँचवटा  सोफा  राखिएका  छन्  । गोरखापत्र दैनिकमा समाचार छ ।