७ पुष २०८२, सोमबार
,
Latest
राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरराष्ट्रिय बजारमा ३० मिलियन डलरको ऋणपत्र जारी गर्दै ‘निफ्रा’



अ+ अ-

काठमाडौं । नेपाली पूँजीबजारमा हालै साधारण शेयर (आईपीओ) विक्री गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले अब अन्तरराष्ट्रिय बजारमा डलरमा ऋणपत्र (बन्ड) निष्कासन गर्ने भएको छ । लगानीका लागि पूँजी जुटाउन बैंकले अन्तरराष्ट्रिय बजारमा २५ मिलियनदेखि ३० मिलियन डलरको ऋणपत्र निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

यसका लागि नेपाल राष्ट्र बैंकले पनि आवश्यक प्रक्रिया अगाडि बढाउन निफ्रालाई सैद्धान्तिक स्वीकृति दिइसकेको छ । सैद्धान्तिक स्वीकृति पाएसँगै बैंकले अन्तरराष्ट्रिय बजारमा बन्ड निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको हो । सम्भवतः चालू आर्थिक वर्षभित्रै उक्त ऋणपत्र निष्कासन हुने बताइएको छ । ऋणपत्रबाट प्राप्त रकम नेपालका ठूला विकास पूर्वाधारमा लगानी गरिने बैंकको योजना छ ।

निफ्राले गत माघमा नेपाली पूँजी बजारमा हालसम्मकै ठूलो अर्थात् ८ अर्ब रुपैयाँ बराबरको आईपीओ विक्री गरेको थियो । उक्त आईपीओ अहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएर दोस्रो बजारमा कारोबारमा आइसकेको छ । अहिले भने निफ्राले अन्तरराष्ट्रिय बजारमा ऋणपत्र निष्कासन गर्न लागेको हो । निफ्राको उक्त ऋणपत्रलाई लन्डनको ‘ग्यारेन्टको’ नामक कम्पनीले क्रेडिट र्यापिङ  पनि गरिसकेको छ । निफ्राको अन्तरराष्ट्रिय रेटिङ नभएको हुनाले उक्त कम्पनीलाई यस्तो जिम्मा दिइएको हो । ग्यारेन्टको अन्तरराष्ट्रिय स्तरको ‘ट्रिपल ए’ रेटेड कम्पनी हो ।

हाल उक्त कम्पनीले नै ग्यारेन्टी बसेर निफ्राको ऋणपत्र निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको हो । निफ्राको ऋणपत्र विक्री नभएमा ग्यारेन्टको आफैले किन्नेछ । साथै, निफ्राले ऋणपत्रमा तोकेअनुसार लगानीकर्तालाई प्रतिफल दिन नसकेमा ग्यारेन्टकोले नै त्यो बराबरको भुक्तानी गर्ने गरी सम्झौता भएको छ । आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् ।