५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ चरा चिनाउन ‘होर्डिङ बोर्ड’



अ+ अ-

कञ्चनपुर । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पाइने चराका तस्बिर अङ्कित भएको ‘होर्डिङ बोर्ड’ राख्ने काम अगाडि बढाइएको छ ।

नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) र प्रकृति पथ प्रदर्शक सङ्घ शुक्लाफाँटाको सहयोगमा निकुञ्ज भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई दुर्लभ चराबारे जानकारी दिने उद्देश्यले बोर्ड राख्ने काम गरिएको हो । बोर्डमा निकुञ्जमा पाइने दुर्लभ २४ प्रजातिका चराको नामसहितको तस्बिर राखिएको छ ।

यसमा सिमतित्रा, कैलोटाउके हाँस, राजलहाचे, खरमुजुर, सानो खरमुजुर, उत्कोशी फ्यालफ्याले, गोमायु महाचील, रणमत्त महाचिल, सारस, लोभीपापी गरुड, भुँडीफोर, बोक्सी चील, लघु महाचील, जीवाहार चील रहेका छन् । यसैगरी सेतो गिद्ध, डङ्गर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध, वन चाहा, सेतोकण्ठे घिप्सी, काँसे घाँसेचरी, नर्कट भ्याकुर, सुनौलो टोपचरा, बगाले बगेडीलगायत चराका तस्बिर होर्डिङ बोर्डमा अङ्कित गरिएको छ । होर्डिङ बोर्डमा चराको नेपाली र अङ्ग्रेजी नामसहित राखिएको छ ।

“विश्वमै दुर्लभ लोपोन्मुख चरा जुन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि पाइने गरेका छन्”, प्रकृति पथ प्रदर्शक सङ्घ शुक्लाफाँटाका कार्यसमिति सदस्य सुवन चौधरीले भन्नुभयो, “चरा प्रेमी तथा निकुञ्ज भ्रमण गर्ने पर्यटकको सहजताका लागि होर्डिङ बोर्ड राखेका हौँ ।” निकुञ्जको पर्यटन प्रवद्र्धन हुने गरी पर्यटक सहयोगी चरा चिनारी बोर्ड राखिएको उहाँको भनाइ रहेको छ । चराका तस्बिर अङ्कित होर्डिङ बोर्ड नेपाल भारत सीमा गड्डाचौकी र निकुञ्ज प्रवेशद्वार अगाडि राखिएको छ ।

अन्य स्थानमा समेत चराका तस्बिर भएका बोर्ड राख्ने कार्यक्रम रहेको पथप्रदर्शक सङ्घका अध्यक्ष खेम भण्डारीले बताउनुभयो । निकुञ्जमा रहेका लोपोन्मुख चराको संरक्षण र प्रचारप्रसारमा टेवा पुर्‍याउने बोर्ड राखिएको उहाँको भनाइ छ । निकुञ्जमा विश्वका दुर्लभ चरा २४ र अन्य चार सय ६५ चरा पाइने जनाइएको छ । किराफट्याङ्ग्रा नियन्त्रण गर्न, बीउ छर्न, परागसेचन गर्न, परिस्थितिकीय प्रणालीमा चराले सहयोग पुर्‍याउने गरेका छन् । यसका अतिरिक्त चराले पर्यापर्यटनमा टेवा पुर्‍याउने कार्यसँगै वातावरणको शोभा बढाउन, विभिन्न धार्मिक सांस्कृतिक र वैज्ञानिक महत्व बोकेका हुन्छन् । रासस




भर्खरै